“सिमसारको संरक्षण उधमशिलता र पर्या९पर्यटनको प्रबद्र्धन“भन्ने अभियान सहित कञ्चन गाँउपालिकामा रहेको गजेडी दानापुरतालको पर्यटन प्रबर्द्धन गर्नको लागि माघ १५ गते देखि संचालन हुने ११ औं कञ्चन गजेडी दानापुरताल महोत्सब २०७६ को प्रारम्भिक तयारीका बारेमा जानकारी गराउन रुपन्देहीको पर्यटकिय स्थल दानापुर तालमा पत्रकार सम्मेलन गरिएको छ ।
११ औं संस्करणको रुपमा संचालन हुन लागेको ताल महोत्सबको प्रचार प्रसार गर्न र दानापुर तालको पर्यटन प्रबर्द्धन गरि आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनलाई वृद्धि गर्न उद्देश्यका साथ संचालन हुने कञ्चन गजेडी दानापुरताल महोत्सबलाई भव्य र सभ्य रुपमा सफल बनाउन स्थानिय तथा राष्ट्रिय स्तरका संचार गृहहरुबाट प्रचार प्रसारलाई व्यापक बनाउन श्री समयमाई सामुदायिक बन उपभोक्ता समुहको आयोजनामा पत्रकार सम्मेलन गरिएको हो।
सम्मेलनमा पत्रकारहरुको प्रश्नमा श्री समयमाई सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष मीनबहादुर थापाले बिगतका मेलाहरुबाट सिकेका अनुभवहरुलाई आत्मसाथ गर्दै र बिगतका कमजोरीहरुलाई सच्चाउदै ११ औं संस्करणको महोत्सबलाई प्रभावकारी बनाउन मुल मेला ब्यबस्थापन समिति, सांस्कृतिक तथा खेलकुद उपसमिति, अनुगमन तथा अतिथि सत्कार उपसमिति, स्टल बुकिङ तथा स्थानिय कृषि उद्यमी उपसमिति, आर्थिक तथा स्वयमसेवक परिचालन उपसमिति र प्रचारप्रसार उपसमिति गठन गरि मेलाको रौनकतालाई वृद्धि गरिने अध्यक्ष थापाले बताउनुभएको छ ।
महोत्सब संचालन गर्नुको मुख्य उद्धेश्य रुपन्देही जिल्लाकै गरिमाको रुपमा परिचित दानापुर तालको प्रचार प्रसार र नेपाल सरकारले लिएको भ्रमण बर्ष २०२०लाई सफल बनाउनु भएको बताउदै महोत्सवबाट घाटा नाफा संग नजोडिदिन र दानापुरको तालको बिस्तृत गुरुयोजनालाई सफल रुपमा कार्यान्वयन गर्न सहज होस भनि मेलाको आयोजना गरिदै आएको बताउनु भएको छ ।
उहाँले दानापुरतालको भ्रमण आएपछि दानापुरको स्मरणीय केन्द्र के हो त भन्ने कुरालाई गुरुयोजनामा समावेश गरिएको साथमा महत्वपुर्ण केन्द्र बनाउन र राज्यको दानापुरतालमा दृष्टि परी सरोकारको बिषय बनी दानापुरको सुन्दरतालाई प्रचार गर्नकै लागि महोत्सवको आयोजना गरिएको बताउनुभएको छ ।
महोत्सव ब्यवस्थापन गर्नको लागि समुहद्वारा नियुक्त मेला ब्यवस्थापक श्रीराज तिमिल्सिनाले महोत्सबमा बिभिन्न २०० स्टल हुने र त्यसमध्ये स्थानिय कृषि उद्यमीलाई विशेष प्राथमिकता दिई कृषि उद्यमशिलतामा प्रोत्साहन गर्नको लागि कृषि उत्पादनलाई महोत्सवमा समावेश गरिने बताउदै राष्ट्रिय आविस्कार केन्द्रको संयोजनमा आविस्कार केन्द्रबाट आविस्कार गरिएका सामग्रीहरु प्रदर्शनीमा राखिने र स्थानिय प्रतिभाहरुलाई समेत आविस्कार केन्द्रमा समाहित गरिने बताउनु भएको छ ।
पत्रकारहरुलाई जानकारी दिदै ब्यबस्थापक तिमिल्सिनाले दर्शकहरुबाट लिइने टिकटको मुल्यको ५ रुपैया आविस्कार केन्द्र, सामाजिक सुरक्षा, बन्यजन्तु संरक्षण कोष,स् थानिय संघस्था, र पर्यटन बोर्डका लागि कोष छुट्टाइने बताउनु भएको छ ।

यसैगरी कञ्चन गाँउपालिका स्थित भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता लगायत प्रतियोगिताहरुको आयोजना गरिएको र मेलालको रौनकतालाई वृद्धि गर्न बिद्यालय, संघसंस्था, क्लब र आमा समूह लगायतलाई प्रोत्साहन गर्नलाई पुरस्कारको ब्यवस्था गरिएको समेत तिमिल्सिनाले बताउनु भएको छ । यसैगरी कञ्चन गाँउपालिका बार्ड नं।१ का वडा अध्यक्ष हरिनारायण थारुले महोत्सवलाई सफल बनाउन सक्दो सहयोग गर्ने र गाँउपालिकाबाट तालको गुरुयोजनालाई कार्यान्वयन गर्न आवश्यक पहल गर्ने बताउनुभएको छ ।
समयमाई सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मीनबहादुर थापाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष यानेन्द्र जि।सी।ले दानापुर ताल कञ्चनले कञ्चनको मात्र गहना देखेको भएपनि यो ताल पर्यटनको दृष्टिले अती सुन्दर र देशकै पर्यटन गन्तब्यको रुपमा बिकास गर्न सकिने बताउनु भएको छ । अध्यक्ष जि।सी।ले दानापुरतालको पर्यटकिय दृष्टिले प्रचार प्रसार गर्नको लागि नेपाल पत्रकार महासंघले समन्वय गरि अगाडी बढ्न सकिने बताउनु भएको छ ।










