गृहपृष्ठ मनोरञ्जन बुद्धभूमिको बुड्ढिमा आजदेखि वडा स्तरिय माघी ‘खिचडी’ महोत्सव सुरु

बुद्धभूमिको बुड्ढिमा आजदेखि वडा स्तरिय माघी ‘खिचडी’ महोत्सव सुरु

प्रकाशित मिति:

वैखरी अनलाइन बुद्धभूमि,
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा न ४ बुड्ढिमा आज मंगलबारबाट माघी (खिचडी) महोत्सव सञ्चालन हुने भएको छ । पौष २९ र माघ १ गते माघी (खिचडी) महोत्सव हुने आयोजकले जनाएको छ।
थारुहरुको प्रमुख चाड माघिको अवसरमा वडा स्तरिय माघी (खिचडी) महोत्सव मूल समितिको आयोजनामा हुने प्रथम माघी (खिचडी) महोत्सवमा उपस्थित हुन वडा अध्यक्ष पवन कुमार थारुले सम्पूर्णमा आग्रह गर्नुभएको छ। गाउँ तथा युवाहरुको पहलमा पहिलो पटक हुन लागेको महोत्सवमा आएर कार्यक्रम सफल पारिदिन पनि उहाँले आग्रह गर्नुभयो । बुड्ढि नमुना थारु गाउमा हुने उक्त महोत्सवमा विभिन्न थारु परिकार राखिनुका साथै स्थानीय तथा रास्ट्रिय कलाकारको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सव २ दिन सम्म चल्ने छ ।

सम्बन्धित् समाचार