वैखरी अनलाइन बुद्धभूमि ,नेपाल विद्यार्थी संघ बुद्धभुमी नगर कार्य समितीको नगर स्तरीय बनभोज अन्तरक्रिया कार्यक्रम बुद्धभुमीको बुड्डीमा सम्पन्न भएको छ । अन्तरक्रिर्या कार्यक्रममा बुद्धभुमी नगरपालिका भित्रका १३ वटा मा.बि मा अध्यनरत विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो। 
कार्यक्रमा प्रमुख अतिथी नेपाली कांग्रस क्षेत्र नम्बर १ का सभापति एवं बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले नेवि संघ कांग्रेसको उर्भर भुमि रहेकाले नेवि संघ नभएमा कांग्रेस नरहने बताउनु भयो । विद्यार्थी आफ्नो अध्यनाकै कालमा आफु कुन धारमा जाने भन्ने आधार भएकाले विध्यार्थिलाई नेवि संघमा ल्याउन आपÞmुहरु त्यति बेलै बाट प्रयास गर्नु पर्ने बताउनु भयो। बुद्धभूमि नगरपालिकालाई बलियो बनाउन नेवि संघको सबैभन्दा महत्तोपुण भूमिका रहेकाले यसको संरक्षण गर्ने कर्तव्य भनेको सिंगो पार्टीलाईनै हुने हुदा यसको संरक्षणमा अफु लाग्ने र आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले नेपाली कांग्रसेका संगठनले यस क्षेत्रमा धेरै उदाहरणीय काम गरेको भन्दै खुलेर प्रसंसा गर्दै यस्ता कार्यमा सदैव लाग्नका लागि उहाँले आग्रह गर्नुभएको छ ।
नेपाल शिक्षक संघका बुद्धभुमी नगर सभापति राम प्रसाद अर्यालले शिक्षक विद्यार्थी संघ भनेका एक अर्काका परि पुरक रहेकोले सहयोग समझदारीको आवश्यकता रहेको वताउदै नेपाल विद्यार्थी संघ भनेको अन्य संगठन जस्तो चुनावको समयमा चम्कनेर पछि निभेको दियो जस्तो हुने संगठन नभएकोले बुद्धभुमी नगरपालिकाका बिभिन्न स्कुल क्याम्पसमा एउटा नक्ष्यत्रको रुपमा जसरी छवि वनाउन सफल छ यसै अनुरुप अगाडि वढ्नका लागि उपस्थीत सबैमा आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका बुद्धभुमी नगरपालिकाका सभापति अच्युत अर्यालको अध्यक्षता नेपाली कांग्रस क्षेत्र नम्बर १ का सभापति केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता नेपाल शिक्षक संघका बुद्धभुमी नगर सभापति राम प्रसाद अर्याल,टे«ड युनियन स्वास्थ्य कर्मी संघका जिल्ला उपाध्यक्ष दुर्गा प्रसाद अधिकारी नेपाली काङ्ग्रेस क्षेत्रीय सचीव रोमलाल खनाल नेपाली कांग्रेस बुद्धभुमी नगर सचिव कृष्ण बन्जाडे प्रेस युनियन वाणगंगा नगर संयोजक गणेश पोख्रेल,नेपाल विद्यार्थी संघ शितगंगा नगर सभापति वसन्त पौडेल, नेपाल महिला संघ नगर सभापति रेखा पौडेल , बुद्धभुमी वडा नम्बर ४ का अध्यक्ष पवन थारु ,तरुण दल नगर सभापति नारायण मल्ल लगायतको उपस्थीती रहेको कार्यक्रमा नारायण न्यौपानेको स्वागत मन्तव्य एवम सुदन अधिकारीले कार्यक्र संचालन गर्नु भएको थियो ।
















