माघको समयमा पानी परेपछि चिसो र ठण्डीले वृद्धहरुलाई सताउन लगेपछि शुद्धोधन गाउंपालिका वडा नं ५ को कार्यालय हथिहवाले जेष्ठ नागरिकलाई कम्मल वितरण गरेको छ । सामाजिक सुरक्षा पाउने ज्येष्ठ नागरिकहरुको तथ्याकंको आधारमा कम्मल वितरण गरेको छ ।
सो अवसरमा वडा नं ५ का अध्यक्ष आशुतोष कुमार सिंहले चिसोको समयमा वास्तविक समस्याको केही राहत दिन तथा सम्मान स्वरुप वृद्धहरुको लागी कम्मल वितरण गरिएको बताए । प्रत्यक गाउंका वृद्धहरुलाई लक्षित गरि वास्तविक समुदाय सम्म कम्मल पुगेको बताए । साथै आगामी दिनमा अपागंता भएका नागरिकहरुलाई पनि उचित सिप र सामाग्री वितरण कार्यक्रम तय भएको अध्यक्ष सिंहले बताए ।
वितरण समारोहमा हथिहवा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक दामोदर डागी वडा नं ५ सदस्य परशुराम यादव , प्रेमादेवी यादव ,वडा सचिव सभाजित प्रसाद चौधरी , सामाजिक परिचालक जितबहादुर यादव , लगायतको सहभागिता रहेको थियो । कम्मल पाएपछि वडा नं ५ तारानगरकी अनरा चमाइले उचित समयमा कम्मल पाउंदा जाडो याममा आफुलाई सहजभएको बताइन । त्यस्तै वडा नं ५ फुलुवापुरका जैसराम ताडिवानले कम्मल पाएपछि चिसो वाट वच्च सजिलो भएको बताए








