गृहपृष्ठ Featured लायन्स क्लव अफ कपिलवस्तुद्धारा लियो क्लवका सदस्यहरुलाई अधिकार तथा प्रमाण पत्र 

लायन्स क्लव अफ कपिलवस्तुद्धारा लियो क्लवका सदस्यहरुलाई अधिकार तथा प्रमाण पत्र 

विभिन्न सामाजिक तथा मानविय कार्य गर्दै अगाडि बढिरहेको अन्तराष्ट्रिय मान्यता प्राप्त लायन्स क्लव अफ कपिलवस्तुको आयोजनामा प्रमाण पत्र हस्तान्त्रण कार्यक्रम सम्पन्न गरिएको छ । लायन्स क्लव अफ कपिलवस्तुले लियो क्लव अफ कपिलवस्तुका सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र हस्तान्त्रण गरेको हो । कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष कुमार खड्काले सम्पुर्ण लियो क्लवका सदस्यहरुलाई स्वागत गर्दै मानव हितका लागि कार्य गर्न आग्रह गरेका थिए । उनले क्लवका हरेक कार्यक्रम तथा बैठकमा उपस्थित हुन अनुरोध गर्दै देश विकासमा टेवा पु¥याउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा ३० जना नवसदस्यहरुलाई सदस्यताको प्रमाण पत्र वितरण गरिएको क्लवका सचिव राम बहादुर पौडेल क्षेत्रीले जानकारी दिएका छन् । कार्यक्रममा बोल्ने वक्ताहरुले लायन्स तथा लियो क्लव विशुद्ध सामाजिक तथा मानविय कार्यहहरुको पक्षमा समर्पित संस्था भएकोले राजनितिक पहँचबाट सदैव टाढा रहन आग्रह गरेका थिए । सदस्यता प्रमाण पत्र ग्रहण गर्दै सम्पुर्ण नवसदस्यहरुले सदैव क्लवको निति नियम अनुसार अगाडि बढ्ने प्रतिवद्धता जनाएका थिए ।

लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष कुमार खड्काको अध्यक्षता, द्धितिय उपाध्यक्ष धातानन्द भुसाल, सह सचिव सागर घिमिरे, कोषाध्यक्ष राम सुभागे थारु, लियो क्लव अफ कपिलवस्तुका अध्यक्ष हरि ढुंगानाको आतिथ्यता, लगायत अन्य पदाधिकारीहरु तथा नवसदस्यहरुको उपस्थिती रहेको प्रमाण पत्र हस्तान्त्रण कार्यक्रम लायन्सका प्रथम उपाध्यक्ष सुरेन्द्र घिमिरेको स्वागत तथा सचिव राम बहादुर पौडेल क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार