माघ १२
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा अपांगता भएका ब्यक्तिहरुलाइ बितरण हुदै आएको परिचय पत्र आज सुनवल नगरपालिकाको वडा नम्बर ४ रमवापुरमा एक कार्यक्रमको आयोजना गरी बितरण गरीएको छ ।
वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर गुरुगको अध्यक्षतामा आज वडा नम्बर ४ रमवापुरमा अपांगता भएका ब्यक्तिहरुलाइ परिचय पत्र बितरण गरीएको हो ।
सुनवल नगरपालिकाको आयोजनामा ४ वर्गमा बितरण गरीएको सो परिचय पत्र क वर्गमा ६ जना, ख बर्गमा २५ जना, ग बर्गमा ५ जना र घ बर्गमा ५ जना गरी ४१ जना अपांगता भएका ब्यक्तिहरुलाइ परिचय पत्र बितरण गरीएको सुनवल नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैरेले जानकारी दिनु भएको छ ।
कार्यक्रममा सुनवल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ , सुनवल नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैरे, जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीका प्रमुख मोहम्मद नुरुल होदा , अपांग समन्वय समितीका सदस्यहरु राधा सापकोटा , फुलमाया चापागाइ , एवम वडा नम्बर ४ का जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
नगरबासिलाई सहज र सुलभ तरिकाले सेवा दिने उदेश्यले प्रत्येक वडामा परिचय पत्र बितरण शिबिर राखिएको नगरपालिकाले जनाएको छ ।
यस्तै गरी भोलि सुनवल नगरपालिका वडा नम्बर ८ अस्नैयामा अपांगता परिचय पत्र बितरण गरीने गैरेले जानकारी दिनु भयो ।
फिचर – प्रतिकात्मक तस्बिर