गृहपृष्ठ Featured इतिहासकै कमजोर नेतृत्वका रुपमा कपिलवस्तु जेसिज बर्ष २०१९

इतिहासकै कमजोर नेतृत्वका रुपमा कपिलवस्तु जेसिज बर्ष २०१९

कपिलवस्तु जेसिजको इतिहासमा हालसम्मकै कमजोर नेतृत्वका रुपमा कपिलवस्तु जेसिज बर्ष २०१९ को नेतृत्व समुह रहेको आधारसहित खुल्न आएको छ । बि.स. २००० सालमा स्थापित कपिलवस्तु जेसिज स्थापनाका काल देखि हालसम्म जिल्लाकै उत्कृष्ट नेतृत्व र सामाजिक कार्यमा सक्रिय रहेको कपिलवस्तु जेसिज २०१९ मा सबैभन्दा कमजोर नेतृत्वका रुपमा चिनिएको सरोकारवालाहरुले बताएका छन ।

आधारहरु
१. इतिहासमै सप्ताह जेसिज नमाउने बर्ष २०१९ पहिलो भएको छ । हालसम्म अध्यक्ष रहेका सबैले जिल्लामा उदारणीय काम गर्दै जिल्लामा छुट्टै पहिचान बनाएका थिए ।
२. तोकीएको दोस्रो तला भवनको निमार्ण कार्य सम्पन्न नगर्नु । अध्यक्ष खुमानन्द घिमिरे सहितले दोस्रो भवन बनाउने सहितका योजना लिएर सर्वसम्मत रुपमा चयन भएका थिए ।
३ं सामाजिक कार्यमा नियमित रुपमा मासिक रुपमा काम गर्दै आएको जेसिज यस बर्ष एक हात मात्र सामान्य कार्यक्रमको आयोजना गरेको छ ।

जेसिजको ईतिहासमा नेतृत्वमा रहेका ब्यतिmहरु अहिले जिल्लामानै ख्याती पाउन सफल रहेका छन । युवाहरुको नेतृत्वका रुपमा सगंठित सस्थाका रुपमा रहेको कपिलवस्तु जेसिज हाल आएर आशन ग्रहण गर्नु बाहेकका अन्य काममा  छैनन ।

सम्बन्धित् समाचार