गृहपृष्ठ मनोरञ्जन पुर्ण रुपमा सार्वजनिक नहुँदै सामाजिक सञ्जालमा हिट भएको “पासपोर्ट हरियो” सार्वजनिक

पुर्ण रुपमा सार्वजनिक नहुँदै सामाजिक सञ्जालमा हिट भएको “पासपोर्ट हरियो” सार्वजनिक

चर्चित गायक तथा सर्जक गणेश अधिकारीले एक पछि अर्को गर्दै विभिन्न सकारात्मक सन्देश दिने गीतहरु सार्वजनिक गरेका छन् । उनले कहिले समाजको कुरिती, कुसंस्कार, कहिले वैदेशिक रोजगारको पिडा लगायत समाजको समसामयीक विषयमा गीतहरु निरन्तर रुपमा सार्वजनिक गरिरहेका पाईन्छ ।

सोहि क्रममा अडियो तथा भिडियो पनि पुर्ण रुपमा सार्वजनिक नहुँदै सामाजिक सञ्जालमा हिट भएको “पासपोर्ट हरियो” सार्वजनिक भएको छ । टिक टक, फेस्बुक लगायत अन्य सामाजिक सञ्जालमा धेरै दर्शकले मन पराएको उक्त गीतको भिडियो सार्वजनिक भएसंगै दर्शकहरु खुसी भएका छन् । गीतमा सर्जक अधिकारीकै लय, शब्द तथा उनको र अस्मिता बुढाथोकीको स्वर, सारिका केसी र राजन विकको अभिनय रहेको छ ।

अधिकारीको “पासपोर्ट हरियो” गीतमा विहे गरि वैदेशिक रोजगारमा जाँदा श्रीमतीसंग छुट्न नसकेको अवस्थालाई यथार्थ पुर्वक व्यक्त गरिएको छ । जसमा श्रीमान र श्रीमती विदा हुन नसकेको दयनिय अवस्था देख्न सकिन्छ । साच्चिकै विहेपछि आफ्नो जन्म घर छाडेर श्रीमानको घरमा गएका महिलाहरुलाई छाडेर विदेश जाँदा उनीहरुलाई परेको पिडालाई झल्काईएको छ ।  त्यस्तै श्रीमानले पनि आफ्नो बुवा आमालाई छाडेर श्रीमतीलाई घर धान्न भनी छुट्टिएर बैदेशिक रोजगारका लागि विदेश जाँदाको वियोगलाई चित्रण गरिएको छ ।

 

सम्बन्धित् समाचार