गृहपृष्ठ Featured यस्तो छ यी राशि हुनेहरुको प्रेम दिवस

यस्तो छ यी राशि हुनेहरुको प्रेम दिवस

प्रकाशित मिति:

हरेक वर्षको फेब्रुअरी १४ मा प्रेम दिवसको रुपमा मनाउने गरिएको छ। आफ्नो प्रेमी प्रेमिकालाई उपहार आदान प्रदान गरेर साथासाथै विवाहित जोडीहरुले पनि कुनै विशेष कार्यक्रम हरु को आयोजना गरेर मनाउने गर्छन। ज्योतिष शास्त्र अनुसार पनि कुनै विशेष राशि हरु प्रेमको मामिलामा निकै सक्रियता देखाउने गर्छन भने कुनै राशि हरु मौन रुपमा आफ्नो प्रेम प्रदर्शन गरेका हुन्छन।

 

खासगरी वृष, मिथुन, तुला, कुम्भ राशि हुनेहरु निकै आकर्षक एवं प्रेमको मामिलामा प्रतक्ष सहभागी हुने गर्छन भने कर्कट, वृश्चिक र मीन राशि का व्यक्तिहरु प्रेमको विषयमा भावनात्मक रुपमा गम्भीर रहने र महत्वाकांक्षी पनि हुनेगर्छन। यसै गरि मेष, धनु र मकर राशि प्रेमको विषयमा स्थीर रहन सक्दैनन् र प्राय अधैर्य नै रहन्छन्। सिंह राशिका व्यक्तिहरु भने कतिपय प्रेम तर्फ त्यति चासो नराख्ने खालका हुन्छन् भने  कतिपय प्रेममा त्यति सफल पनि हुन् सक्दैनन्।

 

फेब्रुअरी १४ को दिन आकाशीय नक्शा हेर्दा प्रत्यक राशिलाई प्रेमको प्रभाव फरक फरक तरिकाले पर्ने देखिन्छ। यसैगरी एउटा अर्को संयोग के भने फेब्रअरी १४ शिशिर  ऋतुमा पर्ने गर्छ। यो समय दिनहरु लामा हुदै जान्छन् र मानिसहरुमा पनि भावनात्मक रुपले मनोरंजन, प्रेम, गीत संगीत आदिको अनुभूति बढ्दै जान्छ। ज्योतिषीय दृष्टि अनुसार पनि प्रेमको कारक ग्रह शुक्र ग्रहलाई मानिएको छ र यस समयमा शुक्र ग्रहको बाटो प्राय जसो मित्र रशिमण्डल कुम्भ वा उच्च राशिमण्डल मीन को बाटो हुदै गुज्रन्छ। यी दुवै राशिमा शुक्र ग्रहले उचित फल दिएको हुन्छ। यो फाल्गुन चैत र वैशाखको  महिनामा प्राय जसो गीत संगीत पर्यटन र कलाकारिताको क्षत्र पनि फस्टाउने गर्छ। यसका साथै कविहरुमा साहित्यको लागि भावनाहरु बहने,  नया सिर्जनाहरु सिर्जित हुने, मौसम अनुकुल रहने भएकोले गर्दा भेटघाट वा कुनै सर्प्राइज कार्यक्रम हरु घर बाहिर राख्ने आदि क्रियाकलापहरु हुने गर्छन्।

 

कस्तो छ त फेब्रअरी १४ को दिन?

विशेष त फेब्रअरी १४ को गोचर प्रेमको लागि निकै अनुकुल रहेको छ। प्रेम तथा उत्साहको कारक ग्रह शुक्र यस समय आफ्नो उच्च राशि मीन राशि मण्डलको बाटो हुदै चलिरहेको छ भने यो राशिमा शुक्र ग्रह प्रेम, मनोरंजन र विलासिताको विषयमा प्रभावकारी फल दिने गर्छ। यसै गरि मंगल र वृहस्पतिको धनु राशिको गोचर ले पनि इमानदार प्रेमको परिभाषा गर्छ भने त्यसै दिनको मात्र गोचर हेर्दा चन्द्रमा शुक्रकै  राशि तुला राशिमण्डलमा रहनेछ। यसर्थ दोहोरो तरफ शुक्रको प्रभाव देखिनेछ जसले गर्दा यो समय प्रेमको विषय अझ खास रहन सक्छ। अझ भन्नुपर्दा चन्द्रमा र शुक्र स्त्रीकारक ग्रह हुन्। जसरि एक स्त्रीमा सुन्दरता र प्रेम झल्कन्छ त्यसरी नै यी ग्रहले पनि प्रेम र सुन्दरताको भावानात्मको गुणलाई दर्शाएको हुन्छ।

 

यू ज्यो राजकुमार आचार्य
९८४६५१४३०५
ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
पोखर १७, बिरौटा

प्रेम प्रस्ताव कसरि गर्ने त?

उक्त दिनको गोचर अध्ययन गर्दा पुरुष भन्दा बढी महिलाहरु संबेदन रहने देखिन्छ। उनीहरु आफ्नो भविस्यलाई लिएर प्रेमको महत्वाकांक्षी योजनाहरु पनि तयार  गरेका हुनेछन्। सामान्य गर्दा अधिकांश महिलाहरु त्यस दिन कुनै पुरुषले प्रेम प्रस्ताव राखिदियोस् भन्ने चाहना राखेका हुनेछन् भने कतिपयहरु आफै प्रस्तावको लागि विशेष योजनाहरु पनि गर्नेछन्।

चन्द्रमाको अवस्था पश्चिम दिशामा रहने भएकाले चन्द्रमा अगाडी वा दाया पारेर अर्थात       पश्चिम वा दक्षिण तर्फ फर्किएर गरेको प्रस्ताव स्वीकार हुने सम्भावना पनि राम्रो रहन्छ। अझ अर्को संयोग पनि के भने त्यो दिन पनि शुक्रबार नै पर्छ। यसकारण, उक्त दिन बिहान कृष्ण वा देवी मन्दिरमा पुजा गरेर सेतो फुल नदीमा प्रबाह गरे वा प्रस्तावमा सेतो फूल नै दियो भने अझ बढी प्रभावकारी हुनेछ।

प्रेम प्रस्ताव वा उपहार दिनको लागि बिहानको ६:३६ देखि १०:४७ र साझको ४:२०देखि ०५:४४ सम्मको समय शुभ रहेको छ। यो समयमा उपहार प्रदान गर्दा, घुमफिर गर्दा,  सर्प्राइज पार्टी राख्दा वा अन्य प्रेमपूर्वक मनोरन्जनात्मक कार्यक्रमहरु आफ्ना जोडीको लागि आयोजना गर्दा शुभ हुने देखिन्छ।

 

मेषदेखि मीन सम्मका राशिफल

 

मेष

–  मेष राशि हुनेहरुको लागि अत्यन्त शुभ समय रहेको छ। यीनीहरु आफ्नो जोडीको मनोभावना हरु सजिलैसग बुझ्नेछन्  भने उनिकरुको लागि प्रेमपूर्वक उपर्युक्त वातावरणको पनि सिर्जना गनेछन्। यीनिहरुको प्रेमदिवश निकै सन्तुस्टजनक रहनेछ। विशेषगरी विवाहित जोडीहरुको लागि समय खास रहनेछ भने बिग्रिएका सम्बन्ध हरु पनि सुधार गर्ने अवसरहरु मिल्नेछ।

 

वृष

– दिन अल्लि चुनौतिपूर्ण हुनेछ। आश गरिएका व्यक्तित्वबाट ढिलो प्रतिक्रिया मिल्नेछ।  समय अलिक जोसजागर युक्त देखिए तापनि मनमा भने गम्भीर प्रश्नहरुले केहि असंतुस्तिको महसुस गराउनेछ। प्रेमको मामिलामा कसैबाट आश राख्नुभन्दा आफै अग्रसर हुदा लाभदाएक रहन सक्छ।

 

मिथुन

– मिथुन राशि हुने हरुको लागि नया सम्बन्ध गासिने सम्भावनाहरु धेरै देखिन्छ भने दिन निकै हर्स र उल्लासपूर्ण रहनेछ। आश गरिएका विपरित लिङ्गिबाट रामरी प्रतिक्रिया मिल्नेछ भने  टाढाको यात्रा गर्ने, मनूरंजनात्मक क्रियाकलापमा सहभागी हुने अवसरहरु पनि मिल्नेछन्। नया विचारधाराहरु पनि आउनेछन भने सजिलै बिपरित लिङ्गिलाई  आकर्षण गर्न सकिनेछ। दिन सन्तोषजनक बित्नेछ।

 

कर्कट

– पारिवारिक समस्याको कारण प्रेम प्रदर्शन गर्ने अवसर नमिल्न सक्छ तर पारिवारिक भेटघाट वा भोजन आदिको मौका भने अवस्य मिल्नेछ। आफ्नो प्रेमी वा प्रेमको सम्बन्धमा निकै गम्भीर भएर सोचिरहनेछन्।

 

सिंह

– सिंह राशि हुनेहरुको लागि चारैतिर बाट   सहयोग प्राप्त हुनेछ भने प्रेमको लागि साथीहरुले पनि अझ सहयोग गर्नेछन्। टाढा वा रमणीय स्थानको भ्रमण हुनेछ। प्रेम प्रस्ताव वा उपहार दिनको लागि आट र सामर्थ्य थपिनेछ भने केहि चोटपटक वा बाधा अवरोधका सम्भावनाहरु पनि रहेका छन्।

कन्या

– बोलीको राम्रो प्रभाव पर्नेछ भने बोलीकै कारण आफ्नो प्रेमी वा प्रेमिकालाई  आकर्षण गराउन सकिनेछ। केहि अकल्पनीय उपहार वा शुभ समाचार हरु सुन्न पाईनेछ भने केहि सामान्य खर्चका योग हरु पनि रहेका छन्। साजिक संझाल हरुको माध्यमबाट पनि प्रेमपूर्वक उपहारहरु प्राप्त हुनेछ।

 

तुला

– व्यक्तित्व बिकासको समय रहेको छ। बिबिध तर्क अथवा विचारधाराहरु प्रस्तुत गरेर प्रेमी वा बिपरित लिङ्गिलाइ मनाउन सकिनेछ भने प्रेमलाई इमान्दारितापुर्वक निर्वाह गर्न सकिनेछ। उपहारहरु साटासाट हुनुका साथै चलचित्र लगाएत मनोरंजनका विधामा समय बित्नेछ।

 

वृश्चिक

–  समय खर्चामय रहेको छ भने मनमा केहि असन्तुस्टी पनि सिर्जना हुन सक्छ। घर भन्दा बाहिर धेरै समय बिताउने योग रहेको छ। आफ्नो जोडीलाई उपहार दिनुपर्ने अवस्था आए तापनि उपहार  प्राप्त हुने अवसर भने नमिल्न सक्छ।

 

 

धनु

– नया उपहारहरु मिल्नेछन् भने नया ठाउको भ्रमण गर्ने अवसरहरु पनि मिल्नेछ। नया सम्बन्ध हरु गासिनुका साथै धेरै प्रेमप्रस्ताव पनि आउनेछन्। मनमा नया कलाको बिकास हुनुका साथै दिन हर्ष उल्लासपूर्ण बित्नेछ।

 

मकर

– कार्यालय वा कार्यक्षेत्रको व्यस्तताको कारण आफ्नो जोडीको लागि समय दिने मौका नजुर्न सक्छ। यद्दपि आफ्नो प्रेम प्रकट  गर्ने  समय भने रहन सक्छ।  मनमा  आशंका उत्पन्न हुने तथा चिन्ताहरू बढ्ने हुन सक्छ। थकानको महसुस हुनेछ।

 

कुम्भ

– कुम्भ राशि हुनेहरुको लागि प्रेम दिवश राम्रो रहेको छ। आश गरिएका बाट प्रतिक्रिया पनि पाउनेछन भने साथ सहयोग पनि मिल्नेछ। भाग्यले साथ् दिनेछ र यात्राको आवसर जुर्नेछ।

 

मीन

– मीन राशि हुने हरुको लागि स्वास्थ स्थिको कारण प्रेम सम्बन्धि कार्यक्रमहरुमा सहभागी हुन् अप्ठ्यारो पर्न सक्छ भने आश गरी अनुसारको प्रतिक्रिया वा भावनात्मक परिवर्तन भने आउनेछैन। प्रेमको लागि बाधा वा अवरोधहरु देखा पर्न सक्छन्।

यू ज्यो राजकुमार आचार्य ९८४६५१४३०५ ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र पोखर १७, बिरौटा

सम्बन्धित् समाचार