गृहपृष्ठ खबर पश्चिम नवलपरासीमा कार अनियंत्रित भइ पल्टिदा एकको मृत्यु ,सात जना घाइते

पश्चिम नवलपरासीमा कार अनियंत्रित भइ पल्टिदा एकको मृत्यु ,सात जना घाइते

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर तीन महेन्द्र राजमार्गमा सवारी साधन अनियंत्रित भइ पल्टिदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छ्न ।

जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका अनुसार महेन्द्र राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको यु पि ३२ जे जे ३२५३ नम्बरको भारतीय कार आफै अनियंत्रित भइ पल्टिदा बारा जिल्ला दक्षिण झिटक्या गाउपालिका २ बस्ने ५५ बर्सिय रियाजुल मिया घाइते भइ उपचारको क्रममा जेनस अस्पताल बुटवलमा मृत्यु भएको हो भने सात जना घाइतेको बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कार प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।

सम्बन्धित् समाचार