गृहपृष्ठ कृषि जिज्ञासु कृषक आचार्यले युट्युव हेरेर सुरु गरे बाणगंगा ८मा अत्याधुनिक माछा व्यवसाय

जिज्ञासु कृषक आचार्यले युट्युव हेरेर सुरु गरे बाणगंगा ८मा अत्याधुनिक माछा व्यवसाय

प्रकाशित मिति:

कपिलवस्तु जिल्लामै पहिलो पटक अत्याधुनिक तरिकाको माछा पालन कार्य सुरु भएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा न.८ सिसेनीका दुर्गा आचार्यले यस्तो किसिमको कृषि व्यवसाय सुरु गरेका हुन । सामाजिक सञ्जालको पुर्ण सहयोग लिएर आचार्यले अत्याधुनिक खालको फिस फार्मिङ सुरु गर्न सफल भएको उनि बताउँछन ।

 

यस अर्थमा सामाजिक सञ्जालबाट पनि राम्रो ज्ञान लिन सकिन्छ भन्ने उदाहरण वाणगंगा नगरपालि वडा नम्बर ८का कृषक दृर्गा आर्चायलाई लिन सकिन्छ । जिल्लामै नभएको आधुनिक तरिकाको यो माछापालन इन्डोनेसियामा अनुसन्धान भई भारत हुदै नेपाल भित्रिएको उनको भनाई छ । सामान्य तालिम, थोरै लागत, कम जमिनमा सञ्चालन गर्न सकीने भन्दै उनले जम्मा जम्मी २ लाख लागतमा व्यवसाय सुरु गरेको बताए । उनको सिको गर्दै छिमेकि पुर्ण श्रेष्ठले पनि अब छिटै यहि व्यवसाय गर्ने सोच राखेर काम सुरु गरेको बताए ।

 

त्यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष गुणनिधि भुसालले वडामा मात्रै होईन जिल्लामा नभएको नमुना आधुनि तरिकाले माछा पालन सुरु गरेकोमा आचार्य प्रति प्रशंसा गरे । उनले थोरौ लगानिमा धेरै आम्दानी हुने हुदाँ युवाहरुलाई विदेस पलायन हुन बाट रोक्नका लागि आचार्यको सिकाई जस्तै गरि सामाजिक संजाललाई सदुपयोग गरेर देशमै केहि गरै भन्ने जागर चलाउन आग्रह गरे । बुधबारबाट सुरु भएको अत्याधुनिक खालको फिस फार्मिङमा माछाका भुरा छोड्दै भुसालले यस्ता नयाँ खालका र अरुलाई केहि सिकाउने खालका कृषि पेसालाई वडाबाट र नगरपालिका बाट पुर्ण सहयोग मिल्ने प्रतिबद्धता जनाए । जिज्ञासु कृषक आचार्यले युट्युव हेरेर सुरु गरेको माछा व्यवसायमा दुई वटा फार्मिमा करिब १६ सय माछाका भुराहरु छोडिएको थियो ।

सम्बन्धित् समाचार