गृहपृष्ठ खेलकुद गौरीघाट खेलकूद मेला अन्तर्गत आज भएको भलिबल खेलमा ४ टिम विजयी

गौरीघाट खेलकूद मेला अन्तर्गत आज भएको भलिबल खेलमा ४ टिम विजयी

प्रकाशित मिति:

कपिलवस्तुको विजयनगर गाउँपालिकामा शुरु भएको चौथो गौरीघाट लोक साँस्कृतिक, पर्यटन तथा खेलकूद मेला अन्तर्गत आज भएको भलिबल खेलमा ८ टिमबिच प्रतिस्पर्धा भएको छ ।

आज भएको भलिबल खेल अन्तर्गतको पहिलो खेलमा एपी.एफ. पाँच नम्बर बाहिनी चन्द्रौटा र प्रगतिशिल युवा क्लब अर्घाखाचीबिच भएको थियो । जस अन्तर्गत एपी.एफ. पाँच नम्बर बाहिनी चन्द्रौटाले प्रगतिशिल युवा क्लब अर्घाखाचीलाई सोझो सेटमा हराएको छ ।

ब्रेभ गोर्खा बुटवल क्लब र समिती युवा क्लबबिच भएको दोस्रो खेलमा भने ब्रेभ गोर्खा बुटवल क्लबले जित निकालेको हो । यस्तै प्रगतिशिल युवा क्लब विजयनगर १ बिच निस्दी गाउँपालिका ७ पाल्पासंग भएको तेस्रो खेलमा प्रगतिशिल युवा क्लब विजयनगर १ ले निस्दी गाउँपालिका ७ पाल्पालाई सोझो सेटमा पराजित गरेको छ ।

आजको अन्तिम तथा चौथो खेल निस्दी गाउँपालिका पाल्पा र आयोजक बी बिच भएको थियो भने खेलमा निस्दी गाउँपालिका पाल्पाले पनि सोझो सेटमा आयोजक बीलाई हराउदै जित सुनिश्चित गरेको हो ।
भोली पनि ४ खेल हुने आयोजकले जानकारी दिएको छ ।

भोली हुने पहिलो खेल विजयनगर १ नयाँगाउँ संग सुनौलो बिहानी युवा क्लब भिड्ने छन् । दोस्रो खेल ब्रेभ गोर्खा बुटवल क्लब र जनमुखी युवा क्लब अर्घाखाची बिच हुने भएको छ ।

यस्तै भोली नै हुने तेस्रो खेल आयोजक ए सँग निस्दी गाउँपालिका पाल्पा खेल्ने छ भने चौथो खेल एपी.एफ. पाँच नम्बर बाहिनी चन्द्रौटा बिच बाडगङ्गा हाईयर सेकेन्डरी स्कुलले प्रतिस्पर्धा गर्ने मेला व्यवस्थापन समितिका आर्थिक संयोजक तुल बहादुर शारुले जानकारी दिनुभएको छ ।

सम्बन्धित् समाचार