गृहपृष्ठ खबर नेपाल युवा परिषद कपिलवस्तुको कार्यसमितिमा पुर्णता

नेपाल युवा परिषद कपिलवस्तुको कार्यसमितिमा पुर्णता

नेपाल युवा परिषद जिल्ला शाखा कपिलवस्तुको बैठक विभिन्न महत्वपुर्ण निर्णयका साथ सम्पन्न भएको छ । जगदिश्पुरमा बसेको बैठकले कार्यसमितिलाई पुर्णता दिनुका साथै महत्वपुर्ण निर्णय गरेको हो । जिल्ला संयोजक सुनिता बेल्बासेको अध्यक्षतामा बसेको बैठकबाट उपाध्यक्षमा सुभद्र पोख्रेल, महा–सचिवमा विनोद घिमिरे, सचिवमा संगिता भुषाल, कोषाध्यक्षमा प्रविन गौतम, सह–कोषाध्यक्षमा कोपिला गिरि, कार्यक्रम संयोजकमा पारस मरासिनी, सांस्कृतिक संयोजकमा सागर पौडेल, मिडिया संयोजकमा हरि प्रसाद आचार्यलाई सर्वसम्मत रुपमा चयन गरिएको छ भने अन्य सदस्यहरुमा चयन गरिएको छ ।

परिषदले बढि भन्दा बढि साधारण सदस्यहरु विस्तार गर्नुका साथै विशेष गरि ग्रामिण भेगमा सामाजिक कार्य गर्ने निर्णय गरेको छ । त्यस्तै कस्ता कस्ता कार्यक्रमहरुलाई प्राथमिकता दिने, आगामि कार्ययोजना लगायतका विषयमा पनि छलफल गरिएको बताईएको छ ।

 

सोहि बैठकको निर्णय अनुसार विश्व सिमसार सुचीमा सुचिकृत जगदिश्पुर तालमा सरसफाई गर्नुका साथै डस्टविन पनि वितरण गरिएको छ । तालको सौन्दर्यतामा वृद्धि गरि आन्तरिक तथा वाह्य पर्यटकको संख्यामा वृद्धि गर्ने उद्देश्यले तालको वरिपरि सरसफाई गरिएको थियो भने फोहोर व्यबस्थापनका लागि परिषदले २ वटा डस्टविन पनि वितरण गरेको छ ।

सम्बन्धित् समाचार