वैखरी अनलाइन बुद्धभूमि,
समानताको पुस्ता अन्त्य गरौ हिसा विवेद र असमानता भने मुल नाराका साथ ११० औ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारि बुद्धभुमी नगरपालिका वडा नं १ द्वारा वडाका स्वयम सेवक महिलालाई नगद सहित सम्मान गरिएको छ।
वडामा कार्यारत १९ जना स्वयम सेविकालाई खादा र नगद १००० सहित सम्मान गरिएको हो।
प्रमुख अत्तिथीको आसनबाट बोल्दै केशव कुमार श्रेष्ठले नगरपालिकाले नै नारि दिवसको अवसरमा भव्य कार्यक्रम गर्ने लक्ष्य राखेको भएपनि कोराना भाइरसको त्रासका कारण कार्यक्रमलाई स्थगित गरिएको बताउदै सम्पुण नारिहरुलाई ११० औ अन्तराष्ट्रिय महिला दिवसको शुभकामना दिनुभएको छ ।
विशिष्ट अथिती तेज बहादुर बस्नेतले वडामा निस्वार्थ रुपमा खटिएर काम गर्दै आउनुभएका स्वयम सेविकालाई सबै आफु सहयोग गर्न तत्पर रहेको बताउदै चुलो चौकामाट बाहिर नआइ महिला अगाडि बढ्न नसक्ने कुरा औल्याउनुभयो।
त्यस्तै स्वास्थ्य तर्फ निस्वार्थ रुपमा काम गर्दै आएका महिला स्वयम सेविकालाई सम्मान गर्ने कार्यक्रम रेखेको नगर महिला स्वयम सेविका सचिव सुशिला दर्लामीले खुसि व्यक्त गर्नुभयो।
नगर प्रमुख केशव कुमार श्रेष्ठको प्रमुख आथित्यता रहेको उक्त कार्यक्रममा
नगर कार्यपालिका महिला सदस्य कमला चौधरीको अध्यक्षता रहेको उक्त कार्यक्रमा विशिष्ट अथिती तेज बहादुर बस्नेत वडा सदस्य राम प्रसाद बेल्वासे वडा सचिव विष्णु पौडेल रहेको उक्त कार्यक्रमा दलित वडा सदस्य तरा परियारको स्वागत मन्तव्य एवम विश्णु खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।