गृहपृष्ठ खबर ज्ञानपुन्जमा ११० औं अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ मनाईयो,महिलालाई उच्च सम्मान प्रदान

ज्ञानपुन्जमा ११० औं अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ मनाईयो,महिलालाई उच्च सम्मान प्रदान

प्रकाशित मिति:

११०औं अन्तराष्ट्रिय महिला दिवस ज्ञानपुन्ज बोर्डिङ्ग स्कुल बाणगंगा–२,राजपुर कपिलवस्तुमा एक कार्यक्रमका विच भव्य रुपमा सम्पन्न भएको छ ।प्रमुख अतिथिको आसनवाट वोल्दै घिमिरेले नारी र पुरुष एकै रथका दुई पाङ्ग्रा भएकाले महिलाको सम्मान र्निविकल्प रहेको वताउनुभयो ।त्यसैगरि प्राचार्य पाण्डेले सृष्टिका संवाहक महिलालाई यस अवसरमा सम्मान गर्न पाउदा अत्यन्तै हर्षित भएको वताउनुभयो । त्यसैगरि वहाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा आफु अहोरात्र लागि पर्ने र त्यसका लागि सम्पुर्णमा सहयोगको अपिल गर्नुभयो । कार्यक्रम विद्यालयका शिक्षक अमृत न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

विद्यालयका प्राचार्य सुरेन्द्र पाण्डेको अध्यक्षता, पुर्व अध्यक्ष तथा समाजसेवी दोलकराम घिमिरेको प्रमुख आतित्थ्यता, विद्यालयका संचालकहरु नारायण प्रसाद पौडेल,चिरन्जिवी पन्थ,विष्णु घिमिरेको आतित्थ्यता एवं विद्यालयका सम्पुर्ण शिक्षक कर्मचारीहरुको उपस्थितिमा रहेको सो कार्यक्रममा विद्यालयका सम्पुर्ण महिला शिक्षिकाहरुलाई उच्च सम्मानका साथ मायाको चिनो प्रदान गरिएको थियो ।

सम्बन्धित् समाचार