कपिलवस्तुको वाणगंगा नगरपालिका भक्तौलीमा सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा तीन जना सामान्य घाईते भएका छन् । लु ४३ प ४४०६ नम्वरको मोटरसाईकल र साईकल एकआपसमा ठोकिदाँ उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा घाईते भएका हिम बहादुर सिंजालीलाई प्रहरीको नियन्त्रणमा राखी कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार गराईरहेको प्रहरीले जानकारी दिएको छ । घटनामा एक जना वृद्ध पनि रहेको बताईएको छ । मोटरसाईकल चालकले मदिरा सेवन गरेर सवारी चलाएकाले दुर्घटनाको भएको हुन सक्ने प्रहरीले जनाएको छ ।