फागुन२८,२०७६
द हिडन ट्रेजर मिस नेपाल २०२० को बुटवलको अडिसन फागुन ३० गते हुने भएको छ । आयोजकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै मिस नेपालको बुटवल अडिसनको बारेमा जानकारी गराएको हो ।
बुटवलको कार्यक्रममा बोल्दै मिस नेपालकी बिगत २६ वर्षदेखी कोरियोग्राफरको भुमिकामा रहेकी रचना गुरुङ्ग शर्मा मिस नेपाल को २६ औँ संस्करणमा बुटवलबाट पनि धेरै प्रतिष्प्रधी फाईनलमा लैजाने चाहाना रहेको बताउनु भयो ।
मिस नेपालको बारेमा धेरैमा भ्रम रहेको बताउँदै उहाले नेपाली नागरीक, राहधानी, प्लस टु उत्तिर्ण, ५.४ ईन्च उचाई र १९ देखि २६ वर्ष सम्मको युवतिहरुले सहभागिता जनाउने भएकोले सहभागिता जनाउन सबैलाई आग्रह गर्नुभएको छ ।
यो पटकको मिस नेपालले २ लाख ५० हजार रुपैयाँ सहित मिस अर्थ, मिस वल्र्ड, मिस सुपरनेशन र मिस सुपर ईन्टरनेशनलमा सिधै सहभागिता जनाउन पाउने उहाले जानकारी दिनुभयो ।
मिस नेपालको बुटवल अडिसनको व्यवस्थापनको जिम्मा पाउनुभएका द नेक्स्ट रेभुलुसनका सञ्चालक राजिव खनालले २ दिन कलेज एक्टीवेस गरिने र बिहीबार साँझ ओरीन्टेसन् गरिने जानकारी दिनुभयो ।
अडिसन बुटवलको सगुन रिसोर्टमा बिहीबार बिहान ११ बजेदखी साँझ ५ बजेसम्म हुने उहाले जानकारी दिनुभयो ।