गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा कोरोना : दिल्लीमा आईपीएलको एक खेल पनि नहुने

भारतमा कोरोना : दिल्लीमा आईपीएलको एक खेल पनि नहुने

प्रकाशित मिति:

कोरोना भाइरस (कोभिड–१९) लाई विश्व स्वास्थ्य सङ्गठनले महामारी घोषणा गरेपछि विश्वका धेरै देशले सतर्कता अपनाइरहेका छन् । कोरोनाको त्रासलाई मध्यनजर गर्दै दिल्ली सरकारले राजधानीमा हुने इण्डियन प्रिमियर लिग (आईपीएल) को प्रतियोगिता आयोजना गर्न प्रतिबन्ध लगाएको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शुक्रबार दिल्लीमा कुनै किसिमका खेल गतिविधि आयोजना नहुने घोषणा गरेका छन् । उनले भने, ‘हामीहरुले दिल्लीमा कुनै किसिमका खेलको आयोजनामा प्रतिबन्ध लगाउने घोषणा गरेका छौँ, जसमा धेरै सङ्ख्यामा मानिसहरु जम्मा हुन्छन्, जस्तै आईपीएल ।’

कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै आईपीएल अब हुने छैन । कोरोनाको प्रकोप रहेसम्म खेलसँग सम्बन्धित अन्य कुनै गतिविधि हुने छैन । त्यस्तै अन्य कुनै ठूलो आयोजनाका खेल पनि हुने छैनन् । खाली स्टेडियममा आईपीएल गर्न मिल्छ भन्ने प्रश्नमा उपमुख्यमन्त्री सिसोदियाले भने, ‘हामीले मानिसहरुको भिड रोकेका हौँ, यदि आईपीएलमा आयोजक कुनै नयाँ फर्म्याटमा आउँछ भने त्यसमा केही विचार गर्न सकिन्छ । आईपीएलअन्तर्गत दिल्लीमा आईपीएलको पहिलो खेल ३० मार्चमा हुने तय भएको छ । दिल्लीमा जम्मा सात वटा खेल हुनेछ ।

सम्बन्धित् समाचार