कपिलवस्तु र अर्घाखाँचीलाई जोड्ने छोटो दुरीको सडकको रुपमा रहेको बनगाई भलवाड डोहोटे सडक खण्डको स्तरोन्नति तथा कालोपत्रेका लागि अहिले काम भईरहेको छ । तर सडकको स्तरोन्नतीको निर्मांण कार्य भने सुस्त गतिमा चलिरहेको छ । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकालाई प्रत्यक्ष रुपमा जोड्ने बनगाई भलवाड डोहोटे सडक खण्डको स्तरोन्नतीको काम वर्षै देखिको प्रतिक्षाका बिच चालु वर्षबाट काम सुरु भएको हो ।
जिल्लाको वाणगंगा नगरपालिका ७ बनगाई र अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ डोहोटे जोड्ने बाटोको स्तरोन्नतीको काम गत असार १६ गते देखि सुरु भएको हो । निर्माण कम्पनीले निर्माणका लागि सम्झौता गरी काम सुरु गरेको ९ महिना पुगिसक्दा समेत तोकिएकै समयमा सम्पन्न हुनेमा भने चुनौति थपिएको छ ।
कुल १३ किलोमिटर लम्बाई रहेको सडकको नेपाल सरकारको बजेटमा कालोपत्रे हुन लागेको हो । सडकको दायाँ वायाँ ११ मिटर चौडा रहने र ७ मिटर कालोपत्रे हुने ठेकेदार कम्पनीले जनाएको छ । भिमेश्वर सिएबी जेभी कन्सट्रक्सन बुटवलले उक्त सडकको ठेक्का पाएपछि काम अगाडी बढेको हो । ठेकेदारले सडक आयोजनाबारे समयमै काम सम्पन्न गर्न स्थानीयवासी,राजनीतिक दल सवैलाई आवश्यक सहयोगका लागि आग्रह गरेको थियो । सम्झौता भएको मितिले १ वर्षमै सडक सम्पन्न गर्ने गरी जिम्मेवारी पाएको भिमेश्वर कन्सट्रक्सनले अहिले सडक विस्तारको काम अगाडी वढाएको छ । कुल ४ करोड ५५ लाख ४९ हजार ९ सय ८९ रुपैयाँ लागतमा निर्माण हुन लागेको सो सडको विस्तार अभियानले भने भलवाडका जनतामा लामो समय पछिको एउटा समस्य समाधानको चरणमा रहेकोमा खुसि भएका छन् ।
तर तोकिएको मितिमा सडक सम्पन्न नहुने निश्चित जस्तै भएको छ । २०७७ जेष्ठ २५ गते सम्मको अन्तिम म्याद रहेको सो ठेक्काको अहिले सम्म ५० प्रतिशत काम पनि सम्पन्न भएको छैन । बनगाई मोतिपुर भलवाड डोहोटे नाम दिइएको सो योजनाको सडक स्थापना भएपछिको झण्डै ४ दशक पछि ठूलो बज्ेटले स्तरोन्नति हुन लागेको हो । तर हालसम्म जम्मा ३५ प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न हुनुले कन्सट्रक्सनको शुस्त गति भएको स्थानियबासीले आरोप लगाएका छन् । उक्त सडक खण्ड पुराभएपछि कपिलवस्तु र अर्घाखाँचीको सोझै सम्बन्ध विस्तारमा सहजता थपिने विश्वास लिइएको छ । साथै भारतीय बजार देखि अर्घाखाँची लगायतका जिल्लामा व्यापारिक कारोवार गर्नेहरुको लागि पनि सस्तो र सुलभ हुनेछ । भारतको खुनुवा नाका हुदै तिलौराकोट, जगदिशपुर, लक्ष्मणघाट, कपिलधाम हुदै अर्घाखाँचीको सुपादेउराली मन्दिर दर्शन र रमणिय मनमोहक ठाउँ नरपानी पुग्ने पर्यटकलाई पनि राम्रो पर्यटकीय गन्तब्य बन्ने अनुमान गरिएको छ ।
यसैबिच भलवाडका लागि मुख्य सडक निर्माणको चरणमा रहेका कारण अहिले स्थानियहरुले बैकल्पिक सडकको प्रयोग गरि दैनिक यात्रा गरिरहेका छन् । झण्डै दैनिक १ सय देखि २ सयको हाराहारीमा सानाठूला सवारी साधन आवतजावत हुने भलवाडमा अहिले वैकल्पिक सडकको दुरावस्थाले पनि सास्ति थपिरहेको छ । सडकको उचित मर्मत सम्भार र मालवाहक सवारी साधनको गलत प्रयोगले वर्षाका समयमा हिलो र अन्य समयमा धुुलो सहितको यात्रा गर्नुपर्ने बाध्यता भलवाडवासीहरु रहेको छ ।