इटालीयन क्लब युभेन्टसका दुई खेलाडीमा कोरोनाको सङ्क्रमण देखिएपछि क्लबले सबै खेलाडीलाई क्वारेण्टाइनमा राखिएको छ । क्लबले खेलाडीसँगै प्रशिक्षक स्टाफ, व्यवस्थापक, र अरु कामदार गरी १ सय २१ जनालाई सेल्फ क्वारेण्टाइनमा राखेको छ ।युभेन्टसका डिफेन्डर डानीली रुगानी र पाउलो डिबालालाई कोरोनाको सङ्क्रमण देखिएपछि क्लबले आफूसँग आवद्ध एक सय २१ स्टाफ सबैलाई क्वारेण्टाइनमा राखेको छ ।
दुवै खेलाडीले इन्टर मिलान विरुद्धको खेलमासँगै ड्रेसिङ रुममा रहेका थिए । बन्द रङ्गशालामा खेलाइएपनि दुई जनालाई कोरोना सङ्क्रमण देखिएपछि ठूलो त्रास फैलिएको छ ।
रोनाल्डोलाई उनको गृह घरमा नै बस्न आग्रह गरिएको छ । इटालीमा अप्रिल तीन तारिखसम्मका लागि सबै खेल गतिविधी बन्द गरिएको छ ।