गृहपृष्ठ खबर कपिलवस्तुका यज्ञ भट्टराई महासंघको सदस्यमा उठ्दै , गोल्छाको लाइनबाट चुनावी मैदानमा

कपिलवस्तुका यज्ञ भट्टराई महासंघको सदस्यमा उठ्दै , गोल्छाको लाइनबाट चुनावी मैदानमा

प्रकाशित मिति:

कपिलवस्तु उद्योग वाणिज्य संघले महासंघको निर्वाचनको मिति नजिकिदै गर्दा महाअधिवेशनमा सघंका निवर्तमान अध्यक्ष यज्ञ प्रसाद भट्टराईलाई केन्द्रिय सदस्यमा उठाउने तयारी गरेको छ । कपिलवस्तु उद्योग बाणिज्य संघले भट्टराईलाई केन्द्रिय सदस्य पदमा जिताउनको लागि प्रचार प्रसारलाई तिव्रता दिन आजबाटै सुरु गरेको छ । यसका साथै अध्यक्ष भट्टराईले केन्द्रिय सदस्यमा उठनने भन्दै उमेदवारी समेत घोषणा गरेका छन । कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले केन्द्रीय सदस्य उठने भट्टराईले सजिलै चुनाव जित्ने समेत बताएका छन । कपिलवस्तु शाखाको नेतृत्व, कार्यशैली र भट्टराईको केन्द्रीय पौचका आधारमा चुनाव जितिने अध्यक्ष पौडेलले बताए । भट्टराई गोल्छाको लाइनका भरपद्रो उमेदवार भएकोले जित निश्चित रहेको पाइएको छ ।

महासंघको अध्यक्षमा हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको चर्चा बढि छ । बरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

२ वटा प्यानल बनाएर प्रधान र ढकाल चुनावी प्रतिस्पर्धामा छन् । निवर्तमान अध्यक्ष पशुपति मुरारका लगाएतका पूर्व अध्यक्षहरुले प्रधानलाई साथ दिने र सोही समुहले कपिलवस्तुलाई सहयोग गर्ने बताइएको छ । प्रदेश सदस्य समेत रहेका यज्ञ प्रसाद भट्टराईलाई जिताउन जिल्ला नगर भ्रमण गरिएको पाइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा तथा अधिवेशन चैत्र २८ र २९ गते सम्पन्न हुन लागेको सघंका उद्योग उपाध्यक्ष छवि रेश्मी मगरले बताए । कपिलवस्तु उद्योग बाणिज्य सघंको नियमित बैठकले भट्टराईलाई केन्द्रीय सदस्यमा उठाउने सहमति गरेको हो । यसैबिच सघंले नव बर्ष २०७७ को भित्ते पात्रो निकाल्ने र त्यसको संयोजकको रुपमा बरिष्ठ सदस्य ढोलकराम घिमिरेलाई दिइएको महासचिव लक्ष्मण अधिकारीले जानकारी दिए ।

सम्बन्धित् समाचार