गृहपृष्ठ Featured कपिलवस्तु उद्योग वाणिज्य संघको नियमित वैठक सम्पन्न, कोरोनाबाट सुरक्षित रहन अपिल

कपिलवस्तु उद्योग वाणिज्य संघको नियमित वैठक सम्पन्न, कोरोनाबाट सुरक्षित रहन अपिल

कपिलवस्तु उद्योग वाणिज्य संघको २४ औं नियमित वैठक संघको कार्यालय चारनम्बरमा सम्पन्न भएको छ । वैठकले पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमणबाट सवै समुदाय सुरक्षित रहन, उपभोग्य वस्तुको सहज आपूर्ति र उपलब्धता बनाउदै वास्तविक मूल्यमा विक्री वितरण, कोरोनाका कारण अर्थतन्त्रमा समेत गम्भिर असर पुगेको भन्दै चैत्र मसान्त सम्म तिर्नुपर्ने करको समयावधी ३ महिना थप गर्न सरकारसंग माग समेत गरेको छ ।

 

वैठकमा गुणस्तर तथा नापतौल विभागको सहकार्यमा ढक तराजु मापन, जिल्ला बाहिर संघको साधारण सभामा सहभागीता र मेला महोत्सवको अवलोकन जस्ता महत्वपूर्णकार्य भएको वैठकले समिक्षा गरेको छ । गत वैठकले महासंघको आसन्न अधिवेशनमा निवर्तमान अध्यक्ष यज्ञ प्रसाद भट्टराईलाई केन्द्रिय सदस्यमा उम्मेदवार बनाउने निर्णय अनुसार विभिन्न जिल्ला नगरमा प्रचार प्रसारको कार्यलाई तिव्रता दिएको संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो । वैठकमा केन्द्रिय सदस्यका उम्मेदवार भट्टराईलाई जिताउने विभिन्न रणनीति समेत तय भएको बताइएको छ । वैठकले नयाँवर्षको क्यालेण्डर बनाउने संयोजकको जिम्मेवारी डोलकराम घिमिरेलाई तोकेको संघका महासचिव लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार