भारतमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भारतको व्यापारिक राजधानी मुम्बईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् । ती व्यक्ति दुबईको यात्राबाट फर्किएका जनाइएको छ । भारतमा यसअघि दुई जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए। कोरोना भाइरसको कारण संक्रमित भई मृत्यु भएको तेस्रो व्यक्ति भारतको पश्चिमी राज्य माहाराष्ट्रका भएका जनाइएको छ ।
गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको भारतले घोषणा गरेको थियो। ती व्यक्तिको गत मङ्गलबार कर्नाटकमा मृत्यु भएको थियो। यसअघि मृत्यु भएका दुबै व्यक्ति पनि महिला भएका जनाइएको छ।
भारतमा कोरोना भाइरसका कारण हालसमम तीन व्यक्तिको मृत्यु भएको र संक्रमितको सङ्ख्या १२५ पुगेको छ।