गृहपृष्ठ खबर कोरोना भाइरस महामारीको लागि छुट्टै बीमा पोलिसी ल्याउन सुझाव

कोरोना भाइरस महामारीको लागि छुट्टै बीमा पोलिसी ल्याउन सुझाव

सांसदहरुले महामारीको बीमा गर्न आवश्यक रहेको सुझाव बीमा समितिलाइ दिएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको अर्थ समितिमा बीमा विधेयक माथि दफाबारका क्रममा सांसदहरुले कोरोना भाइरसको लागि छुट्टै बीमा पोलिसी ल्याउँने वातावरण निर्माण गर्नुपर्ने बेला भएको धारणा पनि राखे । बीमाको काम भनेकै जोखिम धारण गर्ने भएकाले बीमा क्षेत्रले कोरोना भाइसको बीमा गर्ने तयारी गर्दा राम्रो हुने सांसदहरुको भनाई छ ।

बीमा व्यवसाय नाफा तथा सेवाको व्यवसाय भएकाले आवश्यकता अनुसार यस व्यवसायले साथ दिनसक्ने विश्वास सांसदहरुले व्यक्त गरे । बीमा समितिले महामारीलाई बीमाले नसमेटने जनाउँदै आएको छ । समितिले बीमा गराइसकेको बिमितको हकमा भने पोलिसीले समेटनेसम्मको सुरक्षण दिँदै आएको जानकारी दिएको छ ।

बैठकमा अर्थ मन्त्री डा. युवराज खतिवडाले रोग लागिसकेको अवस्थामा व्यक्तिले बीमा गराउँन नमिल्ने भएकाले रोग लाग्नुपूर्व बीमा गराउँन सबैलाई सचेत गराउनु पर्ने बताए । उनले जोखिम बहन गर्न नसकेर नयाँ व्यवसाय गर्न नसकेका लागि सरकारले बिमा गरिदिने व्यवस्था बिधेयकमा रहेको जानकारी दिए ।

बैठकमा बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले ‘बीमा ऐन २०४९’ कार्यान्वयनमा रहेको र पछिल्लो समय अन्तराष्ट्रिय बीमा क्षेत्रमा नयाँ सिद्धान्तहरु आइसकेकाले नेपालमा पनि नयाँ कानून र व्यवस्थाको आवश्यकता रहेको बताए । विधेयकमा बीमा संस्थान सम्बन्धी ऐन खारेज गरी सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानलाई समेत नियमन गर्ने व्यवस्था पनि रहेको छ ।

सम्बन्धित् समाचार