गृहपृष्ठ खबर कृष्णनगर नगरपालिकाका नगरप्रमुख शाह नेकपामा प्रवेश

कृष्णनगर नगरपालिकाका नगरप्रमुख शाह नेकपामा प्रवेश

गत स्थानिय तहको निर्वाचनमा कपिलवस्तुको कृष्णनगर नगरपालीकाबाट स्वतन्त्रबाट उमेद्धवारी दिई विजय हुनुभएका हाल कृष्णनगर नगरपालीकाका नगरप्रमुख रजत प्रताप शाह नेपाल कम्युनिष्ट पाटि नेकपा मा प्रवेश गर्नुभएको छ ।

उहाँ काठमाडौमा आयोजित एक भव्य कार्यक्रमका बिच नेकपामा प्रवेश गर्नुभएको हो । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपाका अर्का नेता मातृका प्रसाद यादवले शाहलाई टिकालगाई पाटीमा स्वागत गर्नु भएको हो । शाह सहित नगरपालीकाका विभिन्न वडामा निर्वाचित वडा अध्यक्ष समेत नेकपामा प्रवेश गरेका हुन् ।

सम्बन्धित् समाचार