गत स्थानिय तहको निर्वाचनमा कपिलवस्तुको कृष्णनगर नगरपालीकाबाट स्वतन्त्रबाट उमेद्धवारी दिई विजय हुनुभएका हाल कृष्णनगर नगरपालीकाका नगरप्रमुख रजत प्रताप शाह नेपाल कम्युनिष्ट पाटि नेकपा मा प्रवेश गर्नुभएको छ ।
उहाँ काठमाडौमा आयोजित एक भव्य कार्यक्रमका बिच नेकपामा प्रवेश गर्नुभएको हो । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपाका अर्का नेता मातृका प्रसाद यादवले शाहलाई टिकालगाई पाटीमा स्वागत गर्नु भएको हो । शाह सहित नगरपालीकाका विभिन्न वडामा निर्वाचित वडा अध्यक्ष समेत नेकपामा प्रवेश गरेका हुन् ।