गृहपृष्ठ खबर वडा भित्र सञ्चालन हुने कृषि हाट बजार बन्द

वडा भित्र सञ्चालन हुने कृषि हाट बजार बन्द

वैखरी अनलाइन बुद्धभूमि,
कोभिड १९ अर्थात कोरोना भाईरस सम्बन्धि बुद्धभुमि नगरपालिका वाड न. २ मा अन्तरकृया कार्यकम सम्पन्न भएको छ । वडाध्यक्ष भेषराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वडाका सम्पुण सदस्य, प्र.अ, आमा समुह लगाएतको सहभागिता रहेको थियो ।

विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको नेपाल पनि उच्च जोखिममा रहेको र कपिलवस्तु जिल्लामा खुल्ला नाका धेरै भएका कारणले नगरपालिका पनि जोखिममा रहेकोले वडाले पनि सर्तकता अपनाउने कुरामा जोड दिएको छ । वडा अध्यक्ष शर्माले कोरोनाबाट बच्न भिडभाडमा नजान अनुरोध गर्दै साप्ताहिक रुपमा वडामा लाग्ने कृषि हाट बजार चालनमा रोक लगाएको बताउनु भयो । उच्च सर्तकता अपनाउने र वडावासि जनतालाई सु सुचित गर्न विभिन्न जनचेतना मुलक अभियान संचालन गर्ने, भिडभाड ,भोजभतेर पार्टि ,सभा सम्मेलन नगर्न अनुरोध गर्नु भएको छ । हाट बजारहरुमा भिडभाड धेरै हुने भएकाले र भातिय व्यापारी पनि आउने हुनाले संभावित कोरोनाको संक्रमण फैलिन नदिन अर्काे सुचना नआउदा सम्म हाट बजार संचालनमा रोकिएको वडा अध्यक्ष भेषराज शर्माले बताउनु भयो ।

साथै कोरोनाका बारेमा गलत कुरा नगर्न ,दैनिक उपभोग्य बस्तु, मेडिकल सामाग्री लगायत अतिआबश्यक बस्तुको कृतिम अभाब सिर्जना गरि कालोबजारी नगर्न सबैलाई अनुरोध गर्नु भएको छ ।

सम्बन्धित् समाचार