वैखरी अनलाइन बुद्धभूमि,
कोभिड १९ अर्थात कोरोना भाईरस सम्बन्धि बुद्धभुमि नगरपालिका वाड न. २ मा अन्तरकृया कार्यकम सम्पन्न भएको छ । वडाध्यक्ष भेषराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वडाका सम्पुण सदस्य, प्र.अ, आमा समुह लगाएतको सहभागिता रहेको थियो ।
विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको नेपाल पनि उच्च जोखिममा रहेको र कपिलवस्तु जिल्लामा खुल्ला नाका धेरै भएका कारणले नगरपालिका पनि जोखिममा रहेकोले वडाले पनि सर्तकता अपनाउने कुरामा जोड दिएको छ । वडा अध्यक्ष शर्माले कोरोनाबाट बच्न भिडभाडमा नजान अनुरोध गर्दै साप्ताहिक रुपमा वडामा लाग्ने कृषि हाट बजार चालनमा रोक लगाएको बताउनु भयो । उच्च सर्तकता अपनाउने र वडावासि जनतालाई सु सुचित गर्न विभिन्न जनचेतना मुलक अभियान संचालन गर्ने, भिडभाड ,भोजभतेर पार्टि ,सभा सम्मेलन नगर्न अनुरोध गर्नु भएको छ । हाट बजारहरुमा भिडभाड धेरै हुने भएकाले र भातिय व्यापारी पनि आउने हुनाले संभावित कोरोनाको संक्रमण फैलिन नदिन अर्काे सुचना नआउदा सम्म हाट बजार संचालनमा रोकिएको वडा अध्यक्ष भेषराज शर्माले बताउनु भयो ।
साथै कोरोनाका बारेमा गलत कुरा नगर्न ,दैनिक उपभोग्य बस्तु, मेडिकल सामाग्री लगायत अतिआबश्यक बस्तुको कृतिम अभाब सिर्जना गरि कालोबजारी नगर्न सबैलाई अनुरोध गर्नु भएको छ ।
वडा भित्र सञ्चालन हुने कृषि हाट बजार बन्द


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअफगानिस्तान पुग्यो विश्वकपमा
२१ मिनेट अघि
बाणगंगबाट लागुऔषधको मुख्य कारोबारी पक्राउ
६ घण्टा अघि