गृहपृष्ठ खेलकुद फिफा वरीयतामा नेपाली महिला फुटबल टिम दुई स्थान तल

फिफा वरीयतामा नेपाली महिला फुटबल टिम दुई स्थान तल

प्रकाशित मिति:

फिफा वरीयतामा नेपालको राष्ट्रिय महिला फुटबल टिम दुई स्थान तल झरेको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान तल झर्दै ९९ औं स्थानमा पुगेको हो । यसअघि नेपाल ९७ औं स्थानमा रहेको थियो ।

नेपालको महिला टिमले १२ सय अंक प्राप्त गरेको छ । १३ औ दक्षिण एसियाली खेलकुद ९साग०मा विजेता बनेको भारत ५५ औं स्थानमा रहेको छ । दुई स्थान सुधार गर्दै भारतले दक्षिण एसियाली वरीयतामा पहिलो नम्बरमा यथावत रहन सफल भएको हो ।

यस्तै, बंगलादेश १ सय ३४ औं स्थान, श्रीलंका १ सय ४० औं स्थान, माल्दिभ्स १ सय ४२ औं र भुटान १ सय ५४ औं स्थानमा छन् ।

सम्बन्धित् समाचार