शितगंगा नगरपालिका क्षेत्रमा २ महिना खाद्यअभाव नहुने शितगंगा उद्योग बाणिज्य संघले दावी गरेको छ । शुक्रबार शितगंगा नगरपालिकाका मुख्य बजार हरुको अनुगमन गर्दै पसलमा रहको खाद्य वस्तुहरुको टिपोट संकलन गरिएको छ । शितगंगा उद्योग बाणिज्य संघ ,नगरपालिका प्रतिनिधी ,सुरक्षा निकाय लगायतले बजार अनुगमन गरेको हो । पसलहरुमा रहेको स्टकको आधारमा अझ २ महिना शितगंगा क्षेत्रमा अभाव नहुने शितगंगा उद्योग बाणिज्य संघका अध्यक्ष चिन्ताराज अधिकारीले जानकारी दिनुभएको छ ।
कोरोना भाइरस भैलिन सक्ने सम्भावना लाइ मध्य नजर गर्दै हुन सक्ने अभाव लाइ मध्यनजर गर्दै शुक्रबारअनुगमन गरिएको हो । सरकारले खाद्य बस्तु आयातमा समेत रोक नलगाएकोले आवगमनमा सहज भए अभाव हुने सामाग्री ल्याउन ब्यापारी तयार रहको शितगंगा उद्योग बाणिज्य संघका सचिव लक्षमण पन्थीले बताउनु भयो । शितगंगा क्षेत्रमा अनुगमन गर्दा सबै भन्दा कमी ग्यास रहेको बताईएको छ भने आयात नभए खाने तेलको समेत १ महिना पछि अभाव हुने बताईएको छ ।