कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवाममा असहाय मजदूर लगायत बिपन्न १०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। किमम फाउन्डेसन नेपाल को सहयोग र मदरसा बोर्ड ५ नं।प्रदेश को आयोजनामा उक्त खाद्यान्न समाग्री वितरण गरिएको छ ।

कोराना भाइरसका कारण उत्पन्न असहज परिस्थितिले ।प्रत्येक दिन ज्यालादारी लगायत बिभिन्न किसीम को श्रम गरेर आफ्नो परिवार को पेट भर्दै आएका श्रमिक मजदूरहरु पछिल्लो समयमा बेरोजगारी बनेको र दैनिक छाक टार्न समेत अप्ठ्यारो परेको अवस्थामा आज कृष्णनगर नगरपालिका भित्र पहिलो चरणमा २५किलो चामल, ५किलो दाल,पिठो, तेल, आलू, , नून,लगायत खाद्यान्न समाग्री वितरण गरेको ५ नं.प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां ले जानकारी दिएका छन् ।

विषम परिस्थितिमा आफू बचौ र अरूलाइ पनि बचाऔँ भन्दै नेपाल सरकारले दिएको निर्देशनको पूर्ण रूपमा पालना गर्न अनुरोध गर्दै आफूहरूले हर संम्भव विपन्न तथा असह्यय ब्याक्तीहरूलाइ सहयोग गर्ने किमम फाउन्डेसन नेपाल का अध्यक्ष शैख अब्दुल कय्यूम मदनी ले प्रतिबद्धता समेत जनाएका थिए।
यस्ता दुखद घडीमा गरिब असहाय जनताहरुको सहयोग नै सबै भन्दा ठूलो मानव धर्म रहेको र अब आ(आफ्नो स्तर बाट सबै लाई गरिब असहाय जनता को सहयोग गर्न राष्ट्रिय मदरसा संघ का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले आग्रह समेत गर्नु भयो।








