एक साता लामो लकडाउनमा परेको कपिलवस्तु गरिब किसान तथा मजदुरहरुले राहत पाएपछी ३२ घर परिवार खुशी भएका छन । नेपाल सरकारले लागु गरेको लकडाउनको चपेटामा परेका कपिलवस्तुका गरिब घरपरिवारलाई राहत वितरण गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका अति विपन्न परिवारले राहत पाएपछी खुशि भएको बताएका छन ।

शिवराजका केही युवाहरुलृ अति विपन्न परिवारको छनौट गरि ३२ घर परिवारलाई राहत सामाग्री वितरण गरेका छन । शिवराज नगरपालिकाको चन्द्रौटा, कुदरवेटवा, सौनी, बरगदवा, गडगौडा, डिहवा, चनई, पर्शिया, बनकटी लगायतका गाँउका ३२ घर परिवारलाई राहत वितरण गरिएको युवा समाजसेवी मेनाज खानले जानकारी दिनुभयो ।
कोरोना भाइरसको संक्रमण्बाट बच्नका लागि जारी लकडाउन खाद्यन्न अभाव भएका कपिलवस्तुका ३२ घर परिवारलाई राहत वितरण गरिएको खानले बताउनुभयो । गरिब परिवारलाई चामल,पिठो, दाल, नुन, तेल, मसला, आलु, सोयाविन र साबुनको पोका बनाएर वितरण गरिएको छ ।
सो राहत वितरण कार्यमा शिवराजका शाहबाज खान, खुवेब खान, जमाल खान, अनवर खान प्रवेज खान लगायतले सहयोग गरेको मेनाज खानले बताउनु भयो । समाजसेवी खानले गरिब दुखीलाई सहयोग गर्नका लागि आफुहरु तल्लीन रहेको बताउनु भयो ।








