गृहपृष्ठ अर्थ/वाणिज्य कैदी जीवन बिताईरहेका सन्दिपद्धारा कारागारबाटै राहत कोषमा योगदान

कैदी जीवन बिताईरहेका सन्दिपद्धारा कारागारबाटै राहत कोषमा योगदान

नेपालगन्ज कारागारमा कैदी जीवन बिताईरहेका सन्दिपजंग शाहले सोमबार कोरोणा संक्रमण कोभिड – १९ विरुद्धको अभियानमा स्थापना गरेको कोषका लागि रु १० हजार रकम जम्मा गराएका छन् । न्यायको पर्खाईमा रहेका र सजाय पाएर कैदी जीवन बिताईरहेका नेपालगन्ज कारागारमा रहेका कैदीहरुले लकडाउनको पालना गर्न आफन्तहरु मार्फत आग्रह गरेका छन् ।

कारागारको क्षमता भन्दा निकै बढीको संख्यामा बस्नु परेका कैदीहरु आफै जोखिममा बसिरहेका छन् ।

कैदीहरुको बसाई अब्यवस्थित भएकाले कोभिड १९को संक्रमणमा उच्च जोखिममा रहेको भन्दै कैदीहरुले आफुहरुको स्वास्थ्यको विषयमा चासो राखिदिन समेत आग्रह गरेका छन् ।

नेपालगन्ज कारागारमा कैद भुक्तान गरिरहेका नेपालगन्ज रामबागका सन्दिपजंग शाहले आफन्तजनहरुबाट जम्मा भएको उक्त रकम विपद ब्यवस्थावन उद्दार समितिको कोषमा जम्मा हुनेगरी कारागार प्रमुखलाई हस्ताणतरण गरेका हुन । शाह नेपाली काँग्रेस निकट नेपाल तरुण दल नेपालगन्ज उपमहानगर समितिका सभापति समेत हुन ।

सरकारले शर्त र मापदण्ड सहित केही कैदिहरुलाई बाँकि कैदको रकम भुक्तान गर्ने गरि कारागरमुक्त गर्ने निर्णय गरेको छ ।

सम्बन्धित् समाचार