नवलपरासीको सरावल गाउँपालिकाका वडा नं. ४ नेपाली काङ्ग्रेस सभापति जन्मेजय यादव तथा अनेरास्ववियु नवलपरासीका सदस्य समेत रहेका विद्यार्थी नेता सन्जय मौर्यद्वारा मास्क वितरण गरिएको छ।
सरावल गाउँपालिकाका वडा नं. ४ नेपाली काङ्ग्रेस सभापति जन्मेजय यादवले जय बजरंग बलि इट्टा उद्योगमा कार्यरत मजदुरहरुलाई तीन सय मास्क बितरण गर्नुभएको हाे।
वडा नं. ४ नेपाली काङ्ग्रेस सभापति जन्मेजय यादवले लकडाउनमा रहेका मजदुरलाई स्वास्थमा समस्या नहोस भनेर सहयोग गरेको जानकारी दिनु भयो ।
विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षीत हुनका लागि निशुल्क रुपमा माक्स वितरण गरिएको हाे ।
त्यस्तै सबैतह र तप्कावाट लागि रहदा सरावलमा एक विद्यार्थी नेताले पनि आफ्नो गाऊका विधार्थीहरुलाइ माक्स वितरण गरेका छन् । अनेरास्ववियु नवलपरासीका कार्यालय सदस्य समेत रहेका विद्यार्थी नेता सन्जय मौर्यले सरावल–२ का १ सय २६ जना विधार्थीहरुलाई माक्स वितरण गरेका हुन । उनले आपतको यो घडीमा सबैले आफु सक्दो सहयोग र सचेतनाका कार्यहरु गर्न जरुरी रहेको वताउदै साना विद्यार्थीहरु प्रति कसैको ध्यान जान नसकेको भन्दै आफुले उक्त माक्स वितरण गरेको बताएका छन् ।
गाउँमा माक्स पनि नपाउने र पाईहाले अभिभावकहरु आफुले प्रयोग गर्ने तर साना विद्यार्थीहरुका लागि नभएका कारण आफुले वितरण गर्नेको बताएका छन् ।