गृहपृष्ठ खबर कोरोना महामारी रोकथामका लागि सिद्धार्थ क्याम्पसद्वारा एक लाख सहयोग

कोरोना महामारी रोकथामका लागि सिद्धार्थ क्याम्पसद्वारा एक लाख सहयोग

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण जोखिमलाई न्यूनीकरण गर्नको लागि कपिलवस्तुको बाणगंगा नगरपालिकाले पनि ‘दैवी प्रकोप कोष’ खडा गरी राहतको कार्यलाई अघि बढाएको छ । नगरले कोषमा रकम जम्मा गरी सहयोग गर्न नगरबासी तथा विभिन्न संघसंस्थालाई आह्वान गरेसंगै सिद्धार्थ क्याम्पस बाणगङ्गाले एक लाख रकम सहयोग गरेको छ ।

क्याम्पस प्रमुख खेमराज शर्माले राष्ट्रमा परेको कोरोना महामारीको संकटबाट सिर्जित समस्या समाधान गर्न सामाजिक उत्तरदायित्व बोध गरी क्याम्पसले आर्थिक सहयोग गरेको बताउनु भयो ।

कोषमा क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले आफ्नो एक दिनको तलब बापतको ४५ हजार रकम सहयोग गरेका छन् भने क्याम्पसले संस्थागत रुपमा ५५ हजार रकम सहयोग गरेको बताइएको छ ।

सम्बन्धित् समाचार