गृहपृष्ठ खबर पूर्व राजा ज्ञानेन्द्रद्वारा कोरोना भाइरस उपचार कोषमा दुई करोड सहयोग

पूर्व राजा ज्ञानेन्द्रद्वारा कोरोना भाइरस उपचार कोषमा दुई करोड सहयोग

पूर्व राजा ज्ञानेन्द्रले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ दिएकाे जानकारी दिएका छन् । पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारकाे तर्फबाट सरकारलाई सहयोग गरेकाे जानकारी दिएका हुन् ।

मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै उहाँले ज्यानको परबाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरीलगायत सबै सुरक्षाकर्मीप्रति आभार पनि प्रकट गरेेेका छन् ।
पूर्ण विज्ञप्ति

सम्बन्धित् समाचार