गृहपृष्ठ खबर बागलुङका मेयरद्धारा ९ लाख ६५ हजार घरभाडा छुट

बागलुङका मेयरद्धारा ९ लाख ६५ हजार घरभाडा छुट

प्रकाशित मिति:

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले आफ्नो घरभाडामा बस्नेहरुलाई एक महिनाको ९ लाख ६५ हजार रुपैयाँ घरभाडा छुट दिने घोषणा गर्नुभएको छ । नगरप्रमुख नेपालीले मंगलबार आफ्नो फेसबुकबाट काठमाडौं, पोखरा र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा रहेका आफ्नो घरमा भाडामा बस्नेहरुलाई एक महिनाको घरभाडा छुट दिने घोषणा गर्नुभएको हो ।


नोबेल कोरोना भाईरसका कारण विश्व नै ठप्प भएको बेला अहिले नेपाल पनि लकडाउनमा छ । यस्तो अवस्थामा कसैले पनि काम गर्न नपाएको र उद्योगी व्यापारीले पनि व्यवसाय गर्न नपाएकोले आफुले थोरै राहत होस् भनेर घरको भाडा छुट गर्ने निर्णय गरेको नगरप्रमुख नेपालीले बताउनुभयो ।
नगरप्रमुख नेपालीले खबरवे अनलाईनसँग कुरा गर्दै विश्वनै संकटमा परेको अवस्थामा सवै एक जुटभएर काम गर्न नगरप्रमुख नेपालीले आग्रह गर्नुभयो । उहाँले देशले भाइरसको संक्रमणबाट बच्नको लागि लकडाउन गरेकोले सवैले पूर्ण रुपमा पालना गरि अतिआवश्यक बाहेक अघिपछि घरबाट बाहिर हिडडुल नगर्न अनुरोध गर्नुभएको छ ।

सम्बन्धित् समाचार