कपिलवस्तुको विजयनगर गाउँपालिकामा अवैध काठ प्रहरीले बरामद गरेको छ । सरकारले लगाएको लकडाउनको मौका छोपी चोरी निकासी गरीएको प्रहरीले जनाएको छ ।
गाउँपालिकाको वडा नं. ७ दत्तपुर गाउँ नजिकैकोे गहुँबारीमा लुकाईछिपाई राखेको अवस्थामा ५ ओटा सिसौको गोलिया बरामद भएको सशस्त्र प्रहरी बल डालपुरका प्रमुख अनिरुद्र हाजराले जानकारी दिनुभएको छ ।
भारतको सिमाना नजिकै रहेकोले अवैधरुपमा चोरी निकासी गरी ल्याएको हुन सक्ने हाजराले बताउनुभयो । उहाँले काठको मुल्य ७१ हजार ६ सय ७० रुपियाँ बराबरको पर्ने रहेको बताउनुभयो ।