कपिलवस्तुको विजयनगरमा भिषण आगलागी हुँदा ४० घरगोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं. १ गुगौलीमा करिब साँझ ४ बजेतिर आगलागी भएको हो ।
स्थानीय काशीराम यादवको घरबाट आगो लागेको प्रहरीले जनाएकोे छ । आगो किन र कसरी लागेको अझै खुल्न नसकेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भएको छ ।