गृहपृष्ठ अन्तरास्ट्रिय खबर श्रम सङ्गठनको प्रक्षेपण कोरोना संकटका कारण विश्वमा १९ करोडभन्दा धेरैको रोजगार गुम्ने

श्रम सङ्गठनको प्रक्षेपण कोरोना संकटका कारण विश्वमा १९ करोडभन्दा धेरैको रोजगार गुम्ने

कोरोना भाइरस ९कोभिड १९० का कारण विश्वका १९ करोडभन्दा धेरै मानिस रोजगारविहीन हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आईएलओ० ले प्रक्षेपण गरेको छ । कोभिड- १९ को सङ्क्रमण रोक्न विश्वका विभिन्न देशमा लकडाउन भइरहेको छ, जसका कारण विभिन्न कम्पनीले अस्थायी वा स्थायी रुपमा कर्मचारी कटौती गर्न थालेको र केही कम्पनी बन्द हुने अवस्थामा पुगेको भन्दै सन् २०२० को चौमासिकसम्ममा १९ करोडभन्दा धेरै मानिस रोजगारविहीन हुने सङ्गठनले प्रक्षेपण गरेको हो । सङ्गठनका अनुसार हरेक पाँचमध्ये ४ जना व्यक्तिको रोजगार गुम्नेछ ।

आईएलओले पनि कोरोना भाइरसको महामारीको यो अवस्थालाई दोस्रो विश्व युद्धपछिको गम्भीर सङ्कट भनेको छ । सबैभन्दा धेरै जोखिम अमेरिका, युरोप र मध्य एसियामा छ । कोरोना भाइरसको प्रकोप अन्तर्राष्ट्रिय जगतको लागि एउटा परीक्षा रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा आईएलओले अनुरोध गरेको छ । ‘कामदार र कम्पनीहरुले ठूलो क्षति विनास भोगिरहेका छन्, जसको असर विकासित र विकासशील अर्थ व्यवस्थामा परेको छ’, सञ्चारकर्मीलाई सम्बोधन गर्दै सङ्गठनका कार्यकारी निर्देशक गाय राइडरले भने ।

सम्बन्धित् समाचार