कोरोनाको आशंकामा आइसुलेसन वार्डमा उपचाररत युवाको मृत्यु भएपछि परिवारलाई आर्थिक अभावका कारण उनको काजक्रिया गर्न समस्या परेको छ । विजयनगर गाउंपालिका वडा नं. २ का ३० वर्षीय गोवर्धनको भरको कपिलवस्तु अस्पतालको आइसुलेसन वार्डमा सोमवार राती मृत्यु भयो । उनको स्वाब परिक्षण पछि उनमा कोरोना भाईरसको संक्रमण नभएको पुष्टि भयो । लामो समय देखि क्षयरोगका विरामी रहेका भर क्षय रोग र निमोनियाका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।मृतक भरलाई कोरोना भाईरसको लक्षण देखिए पछि ३ दिन देखि आईसुलेसन वार्डमा राखी उपचार गरिदै आएको थियो ।
मृतक भरको परिवारको आर्थिक अवस्था निकै कमजोर छ । परिवारमा काज क्रिया गर्ने सम्मको पैसा नभएको मृतक भरकी पत्नी चम्पा भरले बताईन् । मृतक भरको शवलाई घर सम्म पुर्याउनका लागि एम्वलेन्स वा शव वाहनको भाडा सम्म तिर्ने पैसा नभए पछि आफन्तजनले गाउंकै एक टेम्पु खोजेर शव घर सम्म पुर्याएका छन् ।
आफुसंग भएको ४।५ हजार रुपैया श्रीमान्को औषधी उपचारमै सकियो, मृतक भरकी पत्नी चम्पाले भनिन्, “पतिको मृत्यु भई हाल्यो अब काज क्रिया कसरी गर्ने रु परिवार कसरी पाल्ने रु त्यो मेरो लागि ठुलो समस्या भयो ।”