गृहपृष्ठ खबर कपिलवस्तु जेसिजको “घर घरमा डाक्टर अभियान ” निरन्तर चल्दै,सातौं दिन वाणगंगा वडा नं.२ मा

कपिलवस्तु जेसिजको “घर घरमा डाक्टर अभियान ” निरन्तर चल्दै,सातौं दिन वाणगंगा वडा नं.२ मा

प्रकाशित मिति:

विश्वव्यापी रुपमा रहेको कोरोना भाईरस अर्थात् कोभिड–१९ को निजि अस्पतालहरुले उपचार गर्ने नमानि रहेको अवस्थामा कपिलवस्तु जेसिज बर्ष २०२० ले घरघरमा डाक्टर अभियान चलाएको छ । अभियानको विहिबार सातौं दिन पनि जेसिजले वाणगंगा वडा नम्वर २ मा उतिकै सक्रियताका साथ काममा खटिएको देखियो । अभियानको सातौं कपिलवस्तु सामुदायिक अस्पतालको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाईटी बाणगङ्गा उपशाखा, पदमपुर टोल विकास संस्था को विशेष सहयोग एवम बाणगङ्गा नगरपालिका वडा नं. २ को समन्वय रहेको थियो । बाणगङ्गा नगरपालिका वार्ड नं. २ का अति विपन्न गब्दैया,कप्टैया र उत्तर पिपरा शान्ती टोल बस्तिमा “घर घरमा डाक्टर अभियान ” बाट लाभ लिएको कपिलवस्तु जेसिज बर्ष २०२० का अध्यक्ष मनोज कुमार खत्रीले जानकारी दिए ।


अभियानमा कपिलवस्तु सामुदयिक अस्पतालका सिनियर डाक्टर दिपेन्द्र चन्द, पारामेडिक्स दुर्गा भुसाल,बाणगङ्गा नगरपालिका वडा नं.२ का अध्यक्ष बिष्णु पौडेल,कपिलवस्तु जेसीजका पूर्व अध्यक्ष अनुराग पाण्डे ,कप्टैया गब्दैया टोल विकास संस्थाका अध्यक्ष कमल तरामु मगर ,उत्तर पिपरा टोल विकास संस्थाका अध्यक्ष हरि न्यौपाने, स्थानीय समाजसेवी नहकुल शाही, कविराज ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा थर्मागन मेसिनद्धारा ज्वरो नाप्ने, अन्य समस्याहरु सोध्ने गरिएको कपिलवस्तु जेसिज अध्यक्ष मनोजकुमार खत्रीले जानकारी दिए ।
अभियानमा सावुन वितरण गरिनुका साथै सावुनपानिले हात धुन सिकाइएको कार्यक्रम संयोजक संस्थाका महासचिब प्रबिन पौडेलले जानकारी दिए । 
कोरोना महामारीको समयमा कपिलवस्तु जेसिजले उदारहणिय काम गरेको भन्दै नेपाल जेसिजले विज्ञप्तिमार्फत बधाई दिईसकेको छ । अध्यक्ष खत्रीले आवश्यकता अनुसार अन्य वडामा पनि यो कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । अस्पताल नगई घरमै आएर स्वास्थ्य जाचँ गर्दा वाणगंगा नगरपालिका वडा नं. २ का स्थानिय अत्यन्तै खुशि भएको एक स्थानियले बताए ।

सम्बन्धित् समाचार