कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं.१ नेवलिगन्जमा बाघले आक्रमण गर्दा दुई जना गम्भीर घाइते भएका छन् । शुक्रबार करिव दिउँसो तीन बजेतिर बाख्रा हेर्न गएका ५० बर्षिय दिलेराम थारु र ५५ बर्षीय बर्मानन्द रोका मगर घाईते भएका हुन ।

उनीहरुको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरि निरीक्षक मधु नेपालले बताए । दुबैजनाको टाउको र ढाँडमा चोट लागेको निरिक्षक नेपालले बताए । उनीहरुलाई गाउँपालिकाको एम्बुलेन्स मार्फत लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लागिएको बताईएको छ ।










