गृहपृष्ठ खबर बाणगंगा नगरपालिकाको पहिलो चरणको राहत सबै वडाहरुमा वितरण

बाणगंगा नगरपालिकाको पहिलो चरणको राहत सबै वडाहरुमा वितरण

प्रकाशित मिति:
कपिलवस्तुको वाणगंगा नगरपालिकाले पहिलो चरणको राहत सबै वडाहरुमा बाडिसकेको छ । शुक्रवार देखि सुरु भएको पहिलो चरणको राहत वितरणमा नगरका पाँच वटा वडाहरुमा पुर्याइएको थियो । सोहि क्रमलाई निरन्तरता दिदै शनिवार अन्य वडामा पुर्याएर नगर भित्रका सवै वडा र टोल टोलमा राहत वितरण गरिसकिएको नगरपालिकाले जनाएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण सरकारले लकडाउन घोषणा गरेसंगै गरिव परिवारलाई एकद्धार प्रणालीबाट राहत वितरण गर्ने नगरपालिकाको निर्णय बमोजिम राहत बाड्न सुरु गरिएको हो ।
जसका लागि उपप्रमुख चक्रपाणि अर्यालको संयोजकत्वमा राहत वितरण समिति गठन गरिएको थियो । नगरपालिका भित्रका राहत वितरणमा गरिव तथा असंगठित क्षेत्रमा कार्यरत मजदुरहरुलाई पहिलो चरणको राहत वितरण गरिएकोे छ । नगरपालिकाले शुक्रवार वडा न. ७ देखि वडा न. ११ सम्मका वडा अध्यक्षहरुलाई राहत सामग्री जिम्मा लगाएको थियो भने शनिवार वडा न. १ देखि ६ सम्मका वडा अध्यक्षहरुलाई जिम्मा लगाएको हो ।
यस अघि सम्पुर्ण वडाका वडाअध्यक्षहरुलाई आफ्नो वडाभित्रका गरिव, विपन्न परिवार तथा असंगठित क्षेत्रमा कार्यरत मजदुरहरुको विवरण संकलन गर्न आदेश दिएको थियो सोहि विवरण अनुसारनै राहत वितरण गरिएको नगर प्रवक्ता बिष्णु प्रसाद पौडेलले जानकारी दिएका छन् ।
नगरपालिका भित्र पहिलो चरणमा राहत पाउने १ हजार ९ सय ३५ परिवार मध्ये ५ जना भन्दा माथिका ३ सय २६ र ५ जना भन्दा कमका १ हजार ६ सय ९ जना रहेको नगरपालिकाले जनाएको छ । पहिलो चरण अन्तर्गत शुक्रवार नगरपालिकाका वडा नं. ७ देखि ११ सम्मका ८ सय ८१ परिवारलाई राहत प्रदान गरेको थियो । त्यस्तै शनिवार वडा नं. १ देखि ६ सम्मका १ हजार ५४ घर परिवारलाई वितरण गरिसकेको छ । नगरपालिकाले ५ जनासम्मको परिवारलाई २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ प्याकेट नुन, र २÷२ वटा नुहाउने र कपडा धुने साबुन वितरण गरिने र ५ जना भन्दा माथिका परिवारलाई ३० किलो चामल, ३ किलो दाल, डेढ लिटर तेल र २÷२ वटा नुहाउने र कपडा धुने साबुन वितरण गरिने राहत वितरण समितिका संयोजक चक्रपाणि अर्यालले बताएका छन् ।
नगरपालिकाले दुई दिन गरेर सबै वडा वडामा रहत पुर्याएको र वडाहरुले स्थानिय गरिव,विपन्न परिवारहरु लाई राहत प्रदान गरिसकेको राहत वितरण समितिका संयोजक अर्यालले बताए ।
नगरपालिकाले गरेको राहत वितरणमा नगरपालिकाका कर्मचारी तथा प्रतिनिधी, उधोग बाणिज्य संघका अध्यक्ष उमनाथ पौडेल, राजनितिक दलका प्रतिनिधी, कपिलवस्तु नागरिकसमाजका अध्यक्ष दोलख पछाई, समाजसेवि दोलकराम घिमिरे, लगायत पत्रकारहरु तथा समाजका अगुवाहरुको उपथस्थती रहेको थियो ।

Chat Conversation End

सम्बन्धित् समाचार