गृहपृष्ठ खबर तरुणदल र नेविसंघ कपिलवस्तुद्धारा अति बिपन्न ३७ घर परिवारलाई खाद्यान्न वितरण

तरुणदल र नेविसंघ कपिलवस्तुद्धारा अति बिपन्न ३७ घर परिवारलाई खाद्यान्न वितरण

प्रकाशित मिति:

आज नयाँ बर्ष अर्थात २०७७ साल बैशाख १ गते । नेपालमा नयाँ वर्षको अवसर पारी नेपाल तरुण दल कपिलवस्तु, नेविसंघ छेत्र नं.१ र नेपाल तरुण दल बाणगङ्गा वडा नं.४, ठाकुरापुरा टोल समितिले बाणगङ्गा४ ठाकुरापुरमा रहेका अति बिपन्न ३७ घर परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिकाबाट राहत बितरण भैरहदा छुटेका उनिहरुलाई तरुणदलको टोल समितिको अध्यक्ष अमर पुनको अध्यक्षतामा तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी, छेत्रीय सभापति तिलक थापा, सचिव गोबिन्द आचायर्, नेविसंघ छेत्र नं.१ सभापति चन्द्रकान्त पोख्रेल त्यसैगरी नेपाल महिला संघ केन्द्रिय सदस्य इन्दिरा भट्टराई, तरुण दलका कृष्ण पराजुली, बिक्रम कुंवर, नेपाली कंग्रेसका नेता प्रदिप पौडेल, लगायतको उपस्थितिमा अति बिपन्न परिवारलाई दाल, नुन, तेल, साबुन, सरफ, लगायतका ३७ घरपरिवारलाई करिब ४०,००० बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा नेविसंघका सभापति चन्द्रकान्त पोख्रेलले आफूहरु बोलेर मात्र नभएर नयाँ बर्ष सबैले मनाईरहदा बिपन्न परिवारको घरमा पुग्नुपर्ने र उनीहरुको दुःख देख्ने दायित्व भएको बताए । उनिहरु सङ्ग खुसी साटनु कर्तव्य रहेकोले खाद्यान्न सामग्री वितरणमा लागिपरेकोे बताए ।

यस्तै नेपाल तरुणदल जिल्ला सभापति शक्ति सिंह ठकुरिले युवाहरुले नयाँ बर्षमा फजुल खर्च गरेर मात्र हैन यो बिपत्तिको बेला सबैको परिवारमा चुलो बल्नुपर्छ भनेर आफूहरु राहत वितरणमा लागिपरेका बताए ।

साथै टोल अध्यक्ष अमर पुनले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै बिपन्न परिवारलाई अफ्ठ्यारो परेको बेला आफूहरु सधै लागि पर्ने बताएका थिए । बिष्णु पौडेल, हरि पौडेल, बिमल मल्ल, कृष्ण पराजुलीको विशेष सहयोगमा बिपन्न परिवारको पहिचान गरि सामग्री हस्तान्तरण गरिएको हो ।

सम्बन्धित् समाचार