गृहपृष्ठ विश्व यस्तो गाउँ जहाँ पुरुष जान पाउँदैनन्

यस्तो गाउँ जहाँ पुरुष जान पाउँदैनन्

प्रकाशित मिति:

केन्याः विश्व आर्थिक फोरमको एक रिर्पोट अनुसार विगत ५० वर्षमा ८५ वटा राज्य यस्ता छन् जहाँ कुनै पुरुष प्रमुख छैनन् ।

उत्तरी केन्याको गाउँ, उमेजा आज पनि छलफलको विषय बनेको छ । त्यहाँको सम्पूर्ण जिम्मेवारी महिलालाई सुम्पिएको छ । पुरुष त्यो ठाउँमा प्रवेश गर्न सक्दैनन् ।

सन् १९९० मा केन्याको उमेज गाउँमा १५ पीडित महिलाहरुले बि्स्ती बसाएका थिए । तर पछि गाउँमा बालविवाह, खतना र घरेलु हिंसाबाट पीडित भएका महिला पनि बसोबास गर्न थालिएको छ। उक्त गाउँमा महिलाहरूले खाना, कपडा र घरका लागि नियमित खर्च आफैँ जुटाउने गर्छन् । यसबाहेक पर्यटकहरू कम खर्चमा उमेज भ्रमण गर्ने गर्छन् ।

बस्ती बसाउने रेबेका लोलोसोलीलाई केही पुरुषले कृटपिट गरेका थिए । महिलाको हक र अधिकारको लागि लड्ने क्रममा उनी अरुबाट कुटिएकी हुन् । यसपछि अस्पतालमा उपचारको क्रममा उनले एक यस्तो गाउँ सोचिन् जहाँ केवल महिला मात्र रहनेछन् । यसरी उनले पुरुष बिना एक सिंगो बस्ती बसाएकी हुन् ।

द गार्डियनकाअनुसार, सन् २०१५ मा गाउँमा महिला ४७ जना र २ सय बालबालिका थिए ।

सम्बन्धित् समाचार