हरी घिमिरे, जितपुर
कोरोना माहामारीका कारण सरकारले लकडाउन गरेको केहिदिन सम्म मजदुरहरु यथा स्थानमै बसेका थिए । लक डाउन दिन प्रतिदिन थपिन्छ भन्ने लागे पछि उनिहरु पैदल यात्रा गर्न बाध्य भएको ति मजदुरहरु बताउ छन् । मजदुरहरुलाई केखाने भन्ने समस्या भएपछि उनिहरु धेरै दिन लगाएर भएपनि आफ्नै घरमा पुगेपछि परिवार संगै दुःख सुख गरेर भएपनि बाच्न सकिन्छ भन्ने विश्वासले यात्रा तय गरेको उनिहरुको भनाई छ । मजदुरहरुले काठमाण्डौ देखि कैलालि लगाएत सुदुर पश्चीमका केहि जिल्लाहरु सम्म पैदल पुग्न सकिन्छ भन्ने आसमै कतै हिडेर कतै गाडिको सेवामा कपिलवस्तुको चार नम्बर सम्म आई पुगे ।
थकित अवस्थामा रहेका तिनै मजदुर यात्रुहरु ।
तस्वीर हरी घिमिरे वैखरी