गत चैत्र ४ गते कतार यरवेजको विमानमा नेपाल आएका भलवाडका माधव पौडेल सहितका अन्य तीन जनाको ¥यापिड टेस्ट गरिएको छ । वाणगंगाको क्वरेनटाइनमा रहेका उनीहरुको रिर्र्पाेट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलले जानकारी दिुभयो । गत चैत्र ५ गते वाणगंगा नगरपालिकाको वडा नम्बर ९ भलवाड घर भएका माधव पौडेल र विष्णु प्रसाद आचार्यलाई नेपाल आएको २९ दिन पछि नगरपालिकाले बनाएको क्वारेनटाईनमा पु¥याइएको वडा अध्यक्ष धुव्र वेल्वासेले बताउनुभयो । कतार यरवेजको फ्लाइट नम्बर ६६४ मा उनीहरु नेपाल आएका थिए भने हाल नेपालमा कोरोना संक्रमित रहेकी युवति कतार यरवेजको फ्लाईट नम्बर ६५२ मा नेपाल आएका थिए । तर जिल्लाका केही संचार माध्यमहरुले विमानमा आएका उनीहरु लुकेर बसेको भन्ने समाचार प्रति भने वडा अध्यक्ष वेल्वासेले आपत्ति जनाउनुभएको छ । दुवै जनालाई ंविदेशबाट आफ्नो घर कपिलवस्तु आएर लुकेको भनिएका उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
सत्यतथ्य नबुझी भ्रामक रुपमा संचारमाध्यममा लुकेर बसको भन्ने समाचार जिल्लाका केही संचारमाध्यमबाट संप्रेषण भएको प्रति वडा अध्यक्ष सहित परिवारजनले समेत आपत्ति जनाएका छन् । परिवारका एक सदस्यले भन्नुभयो, हामीले आएको केही दिनमै वडा अध्यक्षलाई जानकारी गराएका थियौँ । यो कसरी लुकेको हुन्छ ? त्यस्तै वडा कार्यालयले समेत चैत्र ११ र १२ गते संकलन गरेको तथ्याङ्कमा उनको नाम ठेगाना र उनी आएको देशको विवरण सहितको तथ्याङ्क सार्वजनिक गरेको थियो ।
वाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार उनीहरु १४ दिन होम क्वारेनटाइनमा सुरक्षित बसेका थिए । उनलाई अहिले नगरले बनाएको क्वारेण्टाइनमा राखिएको बारे यस्तो भन्नुहुन्छ नगर स्वास्थय शाखा प्रमूख ठगराज पौडेल बाईट १
उनीहरु नेपाल आएका आज एक महिना पुगिसकेको छ । त्यसैले उनीहरुमा कुनै कोरोना जोखिम नरहेको बताइएको छ । यद्यपी केही दिन नगरपालिकाको क्वारेनटाइनमा बस्ने छन् ।
उनी सँगै अहिले भलवाडकै अर्का एक जना पनि अहिले वाणगंगाको क्वारेनटाइृनमा छन् । त्यस्तै वाणगंगा नगरपालिका वडा नम्बर ८ का १ जनालाई राखिएको छ भने वडा नम्बर ५ का ४ जना रहेका छन् ।
कतार यरवेजको फ्लाइटमा आएका वाणगंगा ९ का पौडेल सहित चारै जनाको रिर्पोट नेगेटिभ ,


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैभारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
१० घण्टा अघि