गृहपृष्ठ अर्थ/वाणिज्य सासंद शाहद्धारा गुगौलीका अग्नी पिडितलाई दुई हजारका दरले ५० हजार नगद रकम सहयोग

सासंद शाहद्धारा गुगौलीका अग्नी पिडितलाई दुई हजारका दरले ५० हजार नगद रकम सहयोग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम सासंद अभिषेक प्रताप शाहले कपिलवस्तुको विजयनगरका अग्नी प्रभावीतलाई राहत वितरण गर्नुभएको छ । सांसद शाहले विजयनगरको गुगौलीमा आगलागीवाट प्रभावीत भएका २५ घरपरिवारलाई सोमवार नगद सहयोग गर्नुभएको हो । आगलागीवाट घर गोठ जलेका २५ परिवारलाई दुई हजारका दरले ५० हजार वरावरको रकम वितरण गर्नुभएको छ । राहत वितरण गर्दै सांसद शाहले भन्नुभयो ,” राहत साम्रागी अन्य निकायले पनि वितरण गरिसकेका छन । पिडिहरुलाई आफुलाई आवश्यक सामाग्री खरिद तथा औषधि उपचार गर्न नगदको समस्या भएको महसुस गर्दे थोरै भएपनि नगद वितरण गरेको हुं ” ।


उहांले अग्नी प्रभावीतहरुलाई कुनै समस्या परेमा आफुलाई खवर गर्न आग्रह समेत गर्नुभएको छ । समस्याको समाधानको लागी आफु जतिवेला पनि संगै रहेको वताउनुभएको हो ।
सांसद शाहले विश्वमा फैलिरहेको कोरोना भाईरसवाट वच्चनको लागी लकडाउनको पुर्ण पालना गर्न समेत आग्रह गर्नुभएको छ । यस अघि आफनो निर्वाचन क्षेत्रका तीन स्थानीय तहका अतिविपन्न परिवारका लागी पालीका मार्फत राहत वितरण गरेका शाहले कोरोना महामारीवाट वच्न उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

सांसद शाहको सहयोग प्रति गुगौलीका अग्नी प्रभावीतहरुले धन्यावाद समेत दिएका छन । सांसद शाहले लकडांउन सुरु भए देखि विभिन्न समस्यामा परेकाहरुकालागी राहत वितरण गरिरहनुभएको छ । यसअघि शिवराज नगरपांलीका , विजयनगर गांउपालीका र कृष्णनगर नगरपालीका मार्फत अतिविपन्न परिवारलाई राहत वितरण गर्नुभएको थियो । साथै उहांले आईसुलेशनमा उपचारको क्रममा ज्यान गुमाएका विजयनगरका भर परिवारलाई पनि नगद सहयोग गर्नुभएको थियो ।

सम्बन्धित् समाचार