नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम सासंद अभिषेक प्रताप शाहले कपिलवस्तुको विजयनगरका अग्नी प्रभावीतलाई राहत वितरण गर्नुभएको छ । सांसद शाहले विजयनगरको गुगौलीमा आगलागीवाट प्रभावीत भएका २५ घरपरिवारलाई सोमवार नगद सहयोग गर्नुभएको हो । आगलागीवाट घर गोठ जलेका २५ परिवारलाई दुई हजारका दरले ५० हजार वरावरको रकम वितरण गर्नुभएको छ । राहत वितरण गर्दै सांसद शाहले भन्नुभयो ,” राहत साम्रागी अन्य निकायले पनि वितरण गरिसकेका छन । पिडिहरुलाई आफुलाई आवश्यक सामाग्री खरिद तथा औषधि उपचार गर्न नगदको समस्या भएको महसुस गर्दे थोरै भएपनि नगद वितरण गरेको हुं ” ।
उहांले अग्नी प्रभावीतहरुलाई कुनै समस्या परेमा आफुलाई खवर गर्न आग्रह समेत गर्नुभएको छ । समस्याको समाधानको लागी आफु जतिवेला पनि संगै रहेको वताउनुभएको हो ।
सांसद शाहले विश्वमा फैलिरहेको कोरोना भाईरसवाट वच्चनको लागी लकडाउनको पुर्ण पालना गर्न समेत आग्रह गर्नुभएको छ । यस अघि आफनो निर्वाचन क्षेत्रका तीन स्थानीय तहका अतिविपन्न परिवारका लागी पालीका मार्फत राहत वितरण गरेका शाहले कोरोना महामारीवाट वच्न उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
सांसद शाहको सहयोग प्रति गुगौलीका अग्नी प्रभावीतहरुले धन्यावाद समेत दिएका छन । सांसद शाहले लकडांउन सुरु भए देखि विभिन्न समस्यामा परेकाहरुकालागी राहत वितरण गरिरहनुभएको छ । यसअघि शिवराज नगरपांलीका , विजयनगर गांउपालीका र कृष्णनगर नगरपालीका मार्फत अतिविपन्न परिवारलाई राहत वितरण गर्नुभएको थियो । साथै उहांले आईसुलेशनमा उपचारको क्रममा ज्यान गुमाएका विजयनगरका भर परिवारलाई पनि नगद सहयोग गर्नुभएको थियो ।