स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ प्यूठानका वडा सदस्य ऋषिराम घर्ती मगरले आफ्नो वडा सदस्यको पदबाट राजिनामा दिएका छन । स्थानीय चुनावमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सदस्य ऋषिराम घर्ती मगरले वडा नम्बर ७ का वडा अध्यक्षले पदको दुरुपयोग गरेको भन्दै विकास निर्माणका काम साथै अन्य कार्यहरूमा सदस्यहरूलाई पाखा लगाएर एकलौटी निर्णय गर्ने, जनताको मर्म नबुझ्ने पदको दम्भ देखाउने गरेकाले आफ्नो अस्तित्व र भुमिका नरहेकाले राजिनामा दिएको बताएका छन ।
उता स्थानीय चुनावमा तात्कालिन नेकपा माओवादीबाट निर्वाचित वडा अध्यक्ष टेक बहादुर भट्टराई ९ पदम० ले भने वडा सदस्य घर्तीले लगाएको आरोप सबै गलत रहेको बताएका छन । पदको दुरुपयोग कहाँ भयो रु जनताले प्रत्येक्ष आफ्नो र वडा कमिटीको काम देखेका छन भन्दै उनले भने ,ू वास्तविकतामा सदस्यहरू चारैजना उहाँकै पाटी९राजमो० का छन बहुमत उहाहरूकै छ । मैले कहाँ पदको दम्भ देखाएर हानीमुहाली गरे रु यो त वडाबासीहरूले देखेकै छन । ू उनले थपे चित्त नबुझेको भए सरसल्लाह गर्ने हो सम्बन्धित निकायमा कुरो राख्ने हो। यसरी यो संकटको अवस्थामा एकाएक राजिनामा दिएर के आफ्नो जिम्मेवारीबाट पन्छिनु उचित होला ?
पत्रकारको सम्पर्कमा आएर आफ्ना मागहरू पूरा भए वास्तविक आवश्यकतालाई हेरेर काम सम्पन्न गर्ने भए आफूले राजिनामा फिर्ता ल्याउन सक्ने सदस्य घर्तीले बताए ।
वैशाख ५ गते दिएको राजिनामालाई बाहिर नल्याई निकास खोज्ने प्रयास गर्दा पनि ८ गतेसम्म वडा सदस्य घर्ती सम्पर्कमा नआएको हुनाले राजिनामालाई वडाबाट स्वीकृत गरि नगरपालिकामा पठाउनुको विकल्प नरहेको वडा अध्यक्ष भट्टराई बताउछन् ।
वडा अध्यक्ष टेक बहादुर भट्टराईको सम्पूर्ण काममा पाटीगत दृष्टिकोण राख्ने जनताको मर्म विपरीत आफ्नै हानीमुहाली गर्ने आरोप सदस्य घर्तीको छ ।
वास्तवमा आफू एक्लै भएको आफ्ना कुनैपनि काममा वडा सदस्य ऋषिराम घर्ती मगरले पहिलेदेखि नै कुनै सहयोग नगरेकोले काम गर्न निकै कठिन भएको अध्यक्षले बताउछन । उनले भने ,ू अन्य सदस्यले चित्त नबुझेको कुरा यहि राख्नु हुन्छ बरू यहि भित्र कराउनु हुन्छ तर बाहिर जनताको माझमा सहयोग गरेको हुनाले केही सहजता भएको छ । ू