गृहपृष्ठ ज्योतिष /वास्तु बि.सं. २०७७ सालको वार्षिक राशिफल

बि.सं. २०७७ सालको वार्षिक राशिफल

प्रकाशित मिति:
वार्षिक राशिफल बि.सं. २०७७ 
मेष
– यो वर्ष फलदायी नै रहनेछ। देशको वर्षलग्नमा मेष राशिको स्थिती त्यति शुभ नहुनुले भने शत्रुहरु बढी सक्रिय हुने कुराको संकेत गर्छ। विदेशको लागि गरिएको कार्यमा भने सजग रहनुहोला। साथी भाइ वा संगतहरु बाट अप्ठ्यारो परिस्थिति सिर्जना गर्न सक्छ यद्यपि कार्तिकको महिनाबाट भने साथ सहयोग राम्रो मिल्नेछ। आर्थिक पक्षहरू सुदृढीकरण हुँदै जानेछन् भने नेतृत्वको जिम्मेवारीहरु थपिने, पदोन्नति हुने आदि मौकाहरु पनि आउनेछन्। अध्ययन अध्यापनमा सुधार आउनुको साथै रोकिएका पढाईहरु पनि निरन्तरता दिन सकिनेछ। पारिवारिक स्वास्थमा खर्च गर्नुपर्ने एवं दाम्पत्य जीवनमा समस्या निम्तिन सक्छ। असार, भदौ, असोज, पुस र फाल्गुनका महिनाहरू शुभ रहेका छन्। यो वर्ष आर्थिक पक्षको लागि नै अत्यन्त शुभ फलदायी देखिन्छ। शैक्षिक क्षेत्रबाट पनि प्रशस्त लाभ मिल्नेछ।  स्वस्थ्य स्थिति विचार गर्नुपर्दा नशा, स्वाशप्रस्वाश सँग सम्बन्धि रोगहरु देखापर्न सक्छन्।
शुभ रङ्- नीलो, रातो र भगवा
शुभ अंक- १,३,५ र ७
शुभ दिशा- दक्षिण-पश्चिम
पूजा/उपचार
भगवान नृसींहको पूजा व आराधना गर्नुहोला।
वृष
– वृष राशि हुनेहरूको लागि यो वर्ष अवसरमय देखिन्छ। अढैयाको अन्त्य सँगै अधुरा एवं अपुरा कार्यहरू पूरा गर्ने वातावरण मिल्नेछ। शनि ग्रह वृष राशिको लागि योगकारक रहि स्वगृही भाग्यस्थानमा हुनु कार्यक्षेत्र र आर्थिक विषयको लागि शुभ संकेत हो यद्यपि व्यापारको पक्षमा भने त्यति संतोषजनक नरहन सक्छ। श्रावण अन्तिम देखि मंसिर सम्मको महिना भने चुनौतीपूर्ण अवस्था नै सिर्जना हुन सक्छन्। यो अवधिमा बिग्रिएको कार्य एवं सम्बन्धहरु सुधार गर्ने मौका भने मिल्नेछ। प्रतिस्पर्धात्मक कार्यहरूमा अगाडि रहनेछ। विदेश वा टाढाको यात्राको अवसर पनि जुर्नेछ। नयाँ सम्बन्ध गासिने एवं प्रेम सम्बन्धहरुमा सुधार हुने आदि हुनेछ। अध्ययन अध्यापन वर्षको मध्य समयसम्म अस्वभाविक रहेता पनि असोजको अन्तिमतिरबाट सुधारहरु देखापर्नेछन्। शत्रुहरु पनि आफ्नै पक्षमा उभिन आउनेछन्।  मानसम्मान र ब्यक्तित्व विकासको अवसरहरु आउनेछन् भने शनिको आयस्थानमा दृष्टि हुनु र आयस्थानको स्वामी बृहस्पतिको युति लगभग वर्षको लामै समयसम्म रहनुले आर्थिक तथा आम्दानीका स्रोतहरु बढ्दै जानेछन्। समाज तथा ठुला समुदायहरुमा आफ्नो किर्ती फैलिदै जानेछ भने जागिरका क्षेत्रमा पदोन्नतिको संभावनाहरु पनि रहेका छन्। अनावश्यक खर्चहरु भने वृद्धि हुन सक्छन्। स्वास्थ स्थितिको विचार गर्नुपर्दा साना दुर्घटना, पेटमा समस्या, घाँटी तथा आँखामा संक्रमण जस्ता समस्या निम्तिन सक्छन्। धर्म कर्म तथा आध्यात्मिक क्षेत्रमा उन्नतिशील रहनेछ। गुप्तरुपमा गरिएको अध्ययन, अनुसन्धान तथा कार्यले सफलता दिलाउनेछ।
शुभ रंग- हरियो, सेतो, नीलो र गुलावी
शुभ अंक- २, ५, ६,७ र ८
शुभ दिशा- पश्चिम र पूर्व
पूजा व उपचार
– ६ मुखे रुद्राक्ष लगाउनुहोला एवं प्रत्य पञ्चमी तथा सोमबारको दिनहरुमा शिवलिङ्गमा जल चढाउनुहोला।
मिथुन
– मिथुन राशी हुनेहरूको लागि यो वर्ष अढैयाको प्रभाव रहनेछ खास गरि भदौसम्म र मंसिर देखि चैतसम्म त्यति शुभफलदायी नरहन सक्छ। वर्षलग्नमा मिथुन राशिको अवस्थाले शत्रुहरुमाथीको जीतको संकेत गरेको छ। असोजको अन्तिम सम्म का दिनहरूमा मानसिक तनाव वा मनमा शंका व उपशंकाहरु आउनसक्छन्। कार्यक्षेत्र तथा आम्दानीका विषयलाई हेर्नुपर्दा उचारचढावहरु आईरहनेछ्न्। विवादहरुमा मुछिनुपर्ने एवं झमेलाहरु आईपर्ने हुनसक्छ। कानुनी कुराहरूमा भने सजग रहनुहोला। बैंकिङ तथा शेयर सञ्झालहरुमा गरिएको कारोबारले अप्ठ्यारो परिस्थिति सिर्जना गर्न सक्छ। आध्यात्मिक तथा धार्मिक क्षेत्रमा भने लाभदायक रहनेछ। घरमा पूजापाठ एवं कर्मकाण्ड लगाएत मांगलिक कार्यहरू हुनेछन्। स्वाथ्य स्थिती विचार गर्नुपर्दा, मधुमेह, संक्रमण, दुर्घटना , जण्डिस जस्ता समस्याहरू देखापर्न सक्छन् भने पारिवारिक स्वास्थ्यलाई लिएर पनि अल्लि सजग रहनुहोला। कुटुम्ब तथा सामाजिक सम्बन्ध भने राम्रो हुँदै जानेछ।
शुभ रंङ्ग- रातो, हरियो र खैरो
शुभ अंक- ३,५, ९ र ११
शुभ दिशा- उत्तर र पूर्व
पूजा व उपचार
– शनिबारको दिन व्रत र बिहिवारको दिन बृक्षारोपण गर्नुहोला।
कर्कट
– वर्षलग्नले कर्कट राशिलाई यो साल भाग्योदय गराउने र मित्र तथा शैक्षिकलाभ गराउने देखिन्छ। भदौसम्म बैबाहिक सम्बन्धमा खटपट तथा मानसिक चन्चलताहरु निम्तिन सक्छ। साझेदारीमा गरेका कामहरूमा वर्षको प्रारम्भ र अन्त्यतिर विवाद तथा झमेलाहरु निम्त्याउन सक्छ। घरबाट टाढा रहनुपर्ने एवं विदेशिनुपर्ने बाध्यताहरु देखापर्न सक्छन्। कार्यक्षेत्रबाट भने पदोन्नति तथा मानसम्मानमा वृद्धि हुने आदि देखिन्छ। विदेश जादा वा विदेशसँग सम्बन्धि गरिएको कामहरु फलदायी रहनेछन्। प्रेम तथा अध्ययनको मामिलामा सफलता मिल्नेछ। नयाँ कार्यका थालनी तथा रोजगारीको अवसरले आर्थिक राहत दिनसक्छ। वैशाख, जेठ र पुस केही शुभ महिना रहेका छन्।  स्वास्थ स्थिति विचार गर्दा हाडजोर्नीका दुखाईहरु देखापर्न सक्छन् भने मानसिक रोगले पनि सताउनेछ।
शुभ रङ्ग- रातो, सेतो र गुलाफी
शुभ अंक- १, २, ५ र ९
शुभ दिशा- पूर्व र उत्तर
उपचार एवं पूजा
– शुक्रवारको दिन देवीको पूजा एवं प्रत्येक पूर्णिमाको दिनमा चन्द्रोदय पछि चामल वा दूध दान गर्नुहोला।
सिंह
– वर्षलग्नको सिंहले कार्यक्षेत्र र पराक्रमको पक्षमा शुभ संकेत दिन्छ। शत्रुमाथी बिजय हुनेछ भने सहास र धैर्यताले सफलता दिलाउनेछ। आर्थिक अवस्था भने अलिक चिन्ताजनक रहन सक्छ। कुटुम्ब वा आफन्तसँगको लेनदेनले झगडा वा मनमुटाव निम्त्याउन सक्छ भने बैंकिङ्ग वा अन्य ऋणले पनि गम्भीर अवस्था गराउन सक्छ।  पढाईकारक बृहस्पति निचावस्थामा रहनुले अध्ययन अध्यापनलाई चुनौतीपूर्ण गराउन सक्छ। यद्यपि असोज व कार्तिक भन्दा पछाडि भने पढाईमा सुधार आउनेछ। प्रेम सम्बन्धमा पनि उतारचढावहरु देखा पर्न सक्छन्। शुभ पक्ष भनेको समाज वा राष्ट्रिय एवं अन्तरास्ट्रिय समुदायहरुमा सहभागिता जनाउने अवसर मिल्नु हो। स्वास्थ स्थिति विचार गर्नुपर्दा पेट तथा मृगौलामा समस्याहरू देखापर्न सक्छन् भने चिरफारको योगहरु पनि रहेको छ।
शुभ रङ्ग- रातो, गुलाफी, सुन्तला र पहेँलो
शुभ अंक-१, ३, ५ र ९
शुभ दिशा- पूर्व र दक्षिण
पूजा व उपचार
– नारायण भगवानको पूजा व उपसना गर्नुहोला। आईतवार तथा बिहिवारको दिन पुस्तकदान गर्नुहोला।
कन्या
– यो वर्ष जोश जागर तथा पराक्रमहरु बढ्नेछ भने साथ सहयोग पनि राम्रो मिल्नेछ। आफन्तजन तथा नजिकका ब्यक्तिहरुसँग बिबादास्पद झमेलामा भने फस्नुपर्ने अवस्था निम्तिन सक्ने भएकाले कानुनी तथा कागजी प्रक्रियामा भने होसियार रहनुहोला। अधुरा कार्यहरू पूरा हुनेछन् भने डुबेको धनराशिहरु पनि फिर्ता आउने प्रबल सम्भावना रहेको छ। व्यापारबाट राम्रै लाभ होला तर जागिरको क्षत्रमा  भने  संतोषजनक रहनेछैन। सामाजिक कार्यमा अग्रसर भैनेछ भने मान सम्मान र प्रतिष्ठाको पनि योग रहेको छ। अध्ययन अध्यापन भने भदौ देखि मंसिर सम्मको महिनामा बाधा व अवरोध खडा हुन सक्छ। प्रेम सम्बन्धहरु त्यति बलिया देखिनेछैनन् भने दाम्पत्य तथा पारिवारिक अवस्था पनि खलबलिन सक्छ। स्वास्थ स्थिति विचार गर्नुपर्दा आँखा, नाक, छाती आदिमा प्रभाव पर्न सक्ने देखिन्छ।
शुभ रङ्ग- हरियो, गुलाबी र सेतो
शुभ अंक- २, ३, ५ र ६
शुभ दिशा- उत्तर
पूजा वा उपचार
– ध्यान व योग आसनलाई बढी जोड दिनुहोला। विहिबारको दिन वृक्षरोपण तथा बङ्गलामुखी देवीको आराधना गर्नुहोला।
तुला
– तुला राशी हुनेहरूलाई यो वर्षको प्रारम्भ र अन्त्यतिर अढैयाको प्रभाव ज्यादा रहन्छ फलस्वरूप मनमा अस्थिरता, चञ्चलता तथा यात्राहरु भने गराईरहन्छ। वर्षलग्नलाई हेर्दा आर्थिक तथा सम्बन्धका पक्षहरु बलिया हुन देखिन्छ। घरबाहिरको यात्रा, बसाइँसराइ वा कार्यक्षेत्र परिवर्तन हुने प्रवल संभावनाहरु यो यो राशी हुनेलाई देखिन्छ। तुला राशी शनिको मित्रराशी र योगकारक उच्चस्थान रहने भएकोले यी राशी हुने जातकहरुलाई अढैया अवसरमय रहनेछ यद्यपि अवसरहरु सँगसँगै चुनौतीहरुको पनि सामना गर्नुपर्ने देखिन्छ। घर बनाउने, कार, वहान, कम्प्युटर, मोबाइल आदि बिलासिताका सामानहरु जोड्ने, जग्गाजमिनका कारोबारहरुमा सक्रिय रहने, अध्ययन अध्यापनमा मन जाने, कला तथा संचारका क्षेत्रमा सहभागी भई आफ्नो प्रतिभाले आकर्षण गर्ने जस्ता सकारात्मक पक्षहरू देखिन्छन् भने यो वर्ष नराम्रो भनेको पारिवारिक स्वास्थ र सम्बन्धमा रहन सक्छ।नयाँ जागीरको प्राप्ति, पदोन्नति, आर्थिक वृद्धि जस्ता सकारात्मक प्रभावहरु देखिनेछन् भने धार्मिक कार्यहरू बाट मानसम्मान प्राप्ति गर्नुका साथै उपलब्धिहरु पनि हासिल हुनेछन्। आफन्त तथा साथीहरूले आवश्यक सहयोग गर्नेछन् तथापि नसोचिकन बोलिएको कुराले कानुनी झ्न्झट तथा जेलनेल जस्तो बिपत्ति निम्त्याउन सक्छ। बोलीमा भने नियन्त्रण गर्नुहोला। प्रेम तथा दाम्पत्य सम्बन्ध भने उत्साहजनक रहनेछ। स्वास्थ स्थिति विचार गर्दा पेट तथा नशा एवं हाडजोर्नीको समस्याहरू देखापर्न सक्छ।
शुभ रङ्ग-  सेतो, हरियो र पहेँलो
शुभ अंक- ३, ५, ६, ९
शुभ दिशा- पश्चिम, उत्तर-पश्चिम
उपचार व पूजा
लक्ष्मीनारायण भगवानको पूजा तथा लक्षवर्ती द्विप प्रज्वलन गरि भोजनदान आदि गराउनुहोला।
वृश्चिक
– वर्षलग्नको फल अनुसार मानसम्मानमा वृद्धि हुने देखिन्छ। आयस्रोतहरुमा बाधा अवरोधहरु रहन सक्छन् भने वर्षको प्रारब्ध र अन्त्यतिर शुभ फलदायी देखिन्छ। भदौ देखि मंसिर सम्म स्वास्थ तथा आर्थिक लेनदेनको कारोबारले चिन्तित बनाउनुको साथै मानसिक तनावहरु पनि थपिन सक्छन्। रोजगारीको कुरा गर्नुपर्दा वर्षको अन्त्यतिर लाभदायक तथा पदोन्नति एवं आयवृद्धिको प्रवल संभावना रहेका छन्। साझेदारीमा गरिएको व्यवसायले लाभ दिलाउनेच भने समाजिक तथा सहयोगी कार्यहरूमा सहभागी भैइ मानप्रतिष्ठाहरुको वृद्धि गराउन सकिनेछ। चलचित्र लगाएत मिडियाको क्षेत्र लाभदायक रहन्छन् भने प्रेम सम्बन्धहरु पनि बलिया भएर जानेछन्। दाम्पत्य जीवान अझ रोचक तथा सुधारात्मक रहनेछ। विदेशमा रहेकाहरूलाई भने यो वर्ष त्यति शुभ नरहन सक्छ। स्वास्थ स्थीती विचार गर्नुपर्दा चिसोको तथा स्वाशप्रश्वासमा समस्या निम्तिन सक्छ।
शुभ रङ्ग- सेतो, नीलो र रातो
शुभ अंक- १,२,३ र ७
शुभ दिशा- उत्तर र दक्षिण
पूजा व उपचार
– मंगलबार हनुमानजी को पूजा एवं चालिसा पाठ गर्नुहोला। भूमिमा बसेर शुद्ध भोजन ग्रहण गर्नुहोला।
धनु
– धनु राशी हुनेहरूको लागि अलिक खर्चमग वर्ष देखिन्छ यद्यपि आम्दानीका हिसाबले भने केही फलदायी नै रहला।  व्यपार ब्यवसायको कुरा गर्नुपर्दा त्यति संतोषजनक नरहे पनि कपडा तथा सजावटका समानहरुबाट प्रशस्त लाभ प्राप्त हुने  देखिन्छ। अध्ययन अध्यापनमा यो वर्ष सामान्य नै रहेको छ भने सम्बन्धहरु टाढिदै जाने देखिन्छ। मनमा भए एवं त्रास तथा शंकाहरु थपिदै जान सक्छन्। पत्रकारीतामा लग्नेहरुले भने प्रगति गर्ने देखिन्छ। प्रेमबाट धोखा व सम्बन्धमा खटपट आउन सक्छ। पारिवारिक स्वास्थमा खर्च गर्नुपर्ने हुनसक्छ। कुनै पनि अध्ययन तथा अनुसन्धानमा भने नयाँ खोज तथा अन्य अवसरहरु मिल्ने देखिन्छ। स्वास्थ स्थिति विचार गर्नुपर्दा मानसिक तनाव, आँखा र मुखमा समस्यशरु आउन सक्छन्।
शुभ रङ्ग- गुलावी, पहेँलो र खैरो
शुभ अंक- १,३,४,५ र ९
उपचार वा पूजा
– बिहीवारको दिन गुलियो कुराहरू दान गर्नुहोला, भिक्षु तथा गाईको सेवा गर्नुहोला।
मकर
– मकर राशी हुनेहरुको लागि यो वर्ष मिश्रित रहने देखिन्छ। वैदेशिक यात्राबाट लाभ प्राप्त हुनेछ भने पारिवारिक दुरता कायम गर्न सक्छ। मनमा भए एवं अस्थिरता उत्पन्न गराउनुको साथै वसाइसराइ वा काममा परिवर्तन जस्ता प्रभावहरु देखा पर्नेछन्। फलाम, तेल, सिसा आदिबाट गरिको ब्यवसायले लाभ दिलाउनेछ। कृषि क्षेत्रमा बढी झुकाव हुनेछ भने बिग्रिएको सम्बन्धहरु सुधार गर्ने अवसरहरु जुर्नेछ। प्राविधिक तथा विज्ञानका विद्यार्थीहरुलाई यो वर्ष लाभदायक रहेको छ। नयाँ खोजको वातावरण मिल्नेछ भने सहयोगको भावनाहरु पनि जागृत हुनेछन्। स्वास्थ क्षेत्र विचार गर्नुपर्दा टाउको दुख्ने, नशा आदिका समस्याहरू देखा पर्न सक्छन्।
शुभ रङ्ग- नीलो, हरियो र खैरो
शुभ अंक- ३,५,६ र ९
शुभ दिशा- दक्षिण र पश्चिम
उपचार र पूजा
दुखी, अपाङ्ग जस्ता असाह्य मानिसलाइ शनिवारको दिन खानेकुरा दान गर्नुहोला। मंगलबार हनुमान चस्लिसा पढ्नुहोला।
कुम्भ
– सहयोगको भावनाहरु जागृत हुनेछन्। आयस्रोतहरु बढ्नुको साथै घुमफिर आदिमा वर्ष बित्नेछ। रोजगारका विषयमा कुरा गर्नुपर्दा नयाँ जागीर वा व्यवसाय बाट लाभ हुने संकेत मिल्छ। विदेशको यात्रा हुने अथवा परिवारबाट दूरी बढ्ने संभावनाहरु पनि देखिन्छ। वर्षको प्रारम्भ र अन्त्यतिर चुनौतीको सामना गर्नुपर्ने, ढिलासुस्ती बढ्ने, आफन्तहरू नै शत्रु बन्ने जस्ता नकारात्मक प्रभावहरु बढ्न सक्छन्। घरमा विवहा, पूजा आदि मांगलिक कार्यहरू हुनेछन्। नयाँ ज्ञान र खोजको लागि उत्कण्ठा बढ्नेछ भने नयाँ सम्बन्धहरु पनि गासिने संभावना रहेको छ। प्रेम सम्वन्धहरु पनि बढ्ने, मनोरञ्जनमा प्राय समय बित्ने, अध्ययनमा अबरोध आउने आदि हुनेछ। स्वास्थ स्थिति विचार गर्नुपर्दा संक्रमण, हाडजोर्नी आदिले सताउन सक्छ। आध्यात्मिक लाभ भने मिल्नेछ।
शुभ रङ्ग- नीलो, सेतो र पहेँलो
शुभ अंक- १, ३ र ११
शुभ दिशा- पश्चिम र पूर्व
पूजा वा उपचार
-कालभैरब भगवानको आरधाना गर्नुहोला। शनिबारको दिन कालो रङ्गको समाग्री एवं फलाम आदि धातुको दान गर्नुहोला।
मीन
– चेतनाको स्थर बढ्नेछ भने अधुरा एवं रोकिएका कार्यहरूमा समेत यो वर्ष सफलता दिलाउनेछ। नयाँ ठाउँ एवं नयाँ ब्याक्तित्वहरुसँग सम्बन्ध राख्ने वातावरण जुर्नेछ। चिकित्सा विज्ञानमा लागेका ब्यक्तिहरुलाई नयाँ खोजको अनुभुती हुनुको साथै लाभ पनि मिल्नेछ। आध्यात्मिक स्तरमा अभिबृद्धी हुनु, आत्मबोध गर्न सक्नु, सहि निर्णयले मार्गप्रशस्त हुनु आदि यो राशिको लागि सकारात्मक पक्ष रहेका छन्। भौतिक कामनाको लागि गरिएको कार्यहरूबाट भने अवरोध एवं संघर्षमय गराउन सक्छ। नियमबिपरित जादा कानुनी कुराहरू  झेल्नुपर्ने परिस्थिति आउँनसक्छ। अध्यञ अध्यापन र प्रेम क्षेत्र राम्रो रहनेछ भने कलाको पनि बिकास हुनेछ। आर्थिक स्थिति लगभग सामान्य नै रहे पनि मानसम्मान तथा पदोन्नतिको सबल मार्गहरु मिल्नेछन्। स्वस्थस्थिति विचार गर्दा स्वाशप्रस्वाशले सताउन सक्छ भने, हैजा, रक्तसमस्या जस्ता गढबढी देखापर्न सक्छन्।
शुभ रङ्ग- पहेँलो, नीलो र रातो
शुभ अंक- १, ५, ९ र ११
शुभ दिशा- पूर्व र उत्तर-पूर्व
पूजा वा उपाय
– बिहीवार अथवा रेवती नक्षत्रमा पिपलको बृक्षारोपण गर्नुहोला, वामनदेवको पूजा आराधना एवं विष्णुसहस्त्रनाम स्त्रोत्र पाठ गर्नुहोला।
९८४६५१४३०५

सम्बन्धित् समाचार