कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष पे्रम बहादुर कलवारले विजयनगर गाउँपालिकालाई बुधवार १ लाख दुई हजार रुपियाँ सहयोग गर्नुभएको छ । उहाँले विजयनगर गाउँपालिकाको विपद् व्यवस्थापन कोषको बैँक खातामा उक्त रकम जम्मा गर्नुभएको हो ।
त्यस्तै विजयनगर वडा नं। ६ का फरेना निवासी समाजसेवी प्रवेज आलम खाँले २५ हजार रुपियाँ र शिवराज नगरपालिका ६ कुदरबेटवाका कमरान खानले १० हजार रुपियाँ सहयोग गर्नु भएको हो ।
![]()
अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको समस्यामा परेका गरिब, विपन्न र गरी खाने मजदूर वर्गका घरपरिवारका लागि उक्त रकम बैँक मार्फत सहयोग गरेको वडा अध्यक्ष प्रेम बहादुर कलवारले बताउनुभयो ।
यस संकटको घडीमा सरकारले लगाएको लकडाउनलाई पालना गर्न सबै नागरिकलाई कलवारले अनुरोध समेत गर्नुभयो । उहाँले सरकारले लगाएको लकडाउन नै अहिलेको सुरक्षा महत्वपूर्ण रहेको बताउँदै कोरोना भाइरसबाट बच्न र सचेत रहन आग्रह गर्नुभयो ।
अहिलेको कोरोना महामारीको विषम परिस्थितिमा गाउँपालिकाको गरिब, विपन्न र गरी खाने मजदूर वर्गहरुका लागि यस बाध्यात्मक घडीमा सहयोग गर्नुभएकोमा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले उहाँहरुलाई धन्यवाद दिनुभएको थियो ।









